मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

सरकारलाई जथाभावी खर्च गर्ने छुट छैन : डा.महत

Ujyalosandeshonline 12548+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राज्यको सिमित आम्दानीबाट अनगिन्ति रुपमा खर्च गर्ने सुविधा सरकारलाई नभएको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित ‘बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनले सिमित स्रोतबाट जनताको न्यूनत र समयानुकुल आवश्यकता परिपूर्ति गर्नुपर्ने भन्दैमा जथाभावी खर्च गर्ने छुट सरकारलाई नभएको बताएका हुन् । 

उनले भने, ‘एउटा परिवारको न्यूनत र समयानुकुल आवश्यकता कसरी परिपूर्ति गर्ने भन्ने हाम्रो चिन्ताको विषय हो । आम्दानीको स्रोत सिमित छ, प्राप्त आम्दानीहरुलाई प्राथमिकताको आधारमा कसरी खर्च गर्ने त्यो राज्यले व्यवस्थापन गर्ने कुरा हो । अनगिन्ति रुपमा जहाँ पनि खर्च गर्ने सुविधा हामी कसैलाई पनि छैन । किनभने हामीसँग प्रयाप्त स्रोत छैन । स्रोतको सही तरिकाले खर्च भएको छैन् । सरकारी खर्च ठिक ठाँउमा भइरहेको छैन् ।’

उनले बजेटले अर्थतन्त्रको समस्याको आधारभूत प्रश्नको उत्तर नदिएको भन्दै कनिका छरेजस्तो बजेट छरेपछि सोचेजस्तो परिणाम नआउने पनि बताए । 

‘यो बजेटले हाम्रो अर्थतन्त्रको समस्याको आधारभूत प्रश्नको उत्तर दिएन । हामी सरकारमा रहँदा के कार्यविधि बनाएका थियौं भने कुनैपनि विकास निमार्णमा तीन करोडभन्दा तलको आयोजना केन्द्रीय सरकारले नगर्ने भन्ने थियो । प्रधानमन्त्रीले हामी गठबन्धनबाट हटेपछि पनि हुँदैन भनेर नै बोल्नु भएको थियो । तर अहिले त्यसको पालना भएको छैन् । बजेट कनिक छरेजस्तो छ । बालुवामा पानी हालेपछि परिणाम कसरी आउँछ ?’डा.महतको प्रश्न थियो ।

अर्थतन्त्रलाई ठिक ठाँउमा लाने सम्भावनाहरु भएपनि अनुशासनको खाँचो भएको भन्दै त्यसको लागि वितरणमुखी होइन उत्पादनमुखी लगानी जरुरी भएको बताए । 

उनले भने, ‘हाम्रो अर्थतन्त्रलाई सही बाटोमा लैजाने हो भने सम्भावनाहरु छन तर अनुशासनको खाँचो छ । वितरणमुखी होइन उत्पादनमुखी लगानी जरुरी छ । बजेट हेर्दा आकार बढेर आएको छ । बजेट बढाउँदा आम्दानी कहाँबाट देखाउनुभयो ? ९० अर्ब थप ऋण नीजि बैंकहरुबाट लिने निर्णय भएको छ तर त्यसो हुँदा नीजि क्षेत्रलाई उपलब्ध ऋण कम हुन जान्छ । यस्ताखाले समस्यहरु बजेटमा प्रशस्त छन् ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार