मुख्य समाचार
पेस्तोलसहित भारतीय नागरिक पक्राउ | पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित | सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य | बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह | क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन् : प्रथम राष्ट्रपति | बैंकिङ् सिस्टममा अराजकत गतिविधिहरु भइरहेको छ : गभर्नर अधिकारी | सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार | रामेछापको उमाकुण्ड गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पिएसटी अभियान | कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि | कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि |

सरकारलाई जथाभावी खर्च गर्ने छुट छैन : डा.महत

Ujyalosandeshonline 5544+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राज्यको सिमित आम्दानीबाट अनगिन्ति रुपमा खर्च गर्ने सुविधा सरकारलाई नभएको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित ‘बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनले सिमित स्रोतबाट जनताको न्यूनत र समयानुकुल आवश्यकता परिपूर्ति गर्नुपर्ने भन्दैमा जथाभावी खर्च गर्ने छुट सरकारलाई नभएको बताएका हुन् । 

उनले भने, ‘एउटा परिवारको न्यूनत र समयानुकुल आवश्यकता कसरी परिपूर्ति गर्ने भन्ने हाम्रो चिन्ताको विषय हो । आम्दानीको स्रोत सिमित छ, प्राप्त आम्दानीहरुलाई प्राथमिकताको आधारमा कसरी खर्च गर्ने त्यो राज्यले व्यवस्थापन गर्ने कुरा हो । अनगिन्ति रुपमा जहाँ पनि खर्च गर्ने सुविधा हामी कसैलाई पनि छैन । किनभने हामीसँग प्रयाप्त स्रोत छैन । स्रोतको सही तरिकाले खर्च भएको छैन् । सरकारी खर्च ठिक ठाँउमा भइरहेको छैन् ।’

उनले बजेटले अर्थतन्त्रको समस्याको आधारभूत प्रश्नको उत्तर नदिएको भन्दै कनिका छरेजस्तो बजेट छरेपछि सोचेजस्तो परिणाम नआउने पनि बताए । 

‘यो बजेटले हाम्रो अर्थतन्त्रको समस्याको आधारभूत प्रश्नको उत्तर दिएन । हामी सरकारमा रहँदा के कार्यविधि बनाएका थियौं भने कुनैपनि विकास निमार्णमा तीन करोडभन्दा तलको आयोजना केन्द्रीय सरकारले नगर्ने भन्ने थियो । प्रधानमन्त्रीले हामी गठबन्धनबाट हटेपछि पनि हुँदैन भनेर नै बोल्नु भएको थियो । तर अहिले त्यसको पालना भएको छैन् । बजेट कनिक छरेजस्तो छ । बालुवामा पानी हालेपछि परिणाम कसरी आउँछ ?’डा.महतको प्रश्न थियो ।

अर्थतन्त्रलाई ठिक ठाँउमा लाने सम्भावनाहरु भएपनि अनुशासनको खाँचो भएको भन्दै त्यसको लागि वितरणमुखी होइन उत्पादनमुखी लगानी जरुरी भएको बताए । 

उनले भने, ‘हाम्रो अर्थतन्त्रलाई सही बाटोमा लैजाने हो भने सम्भावनाहरु छन तर अनुशासनको खाँचो छ । वितरणमुखी होइन उत्पादनमुखी लगानी जरुरी छ । बजेट हेर्दा आकार बढेर आएको छ । बजेट बढाउँदा आम्दानी कहाँबाट देखाउनुभयो ? ९० अर्ब थप ऋण नीजि बैंकहरुबाट लिने निर्णय भएको छ तर त्यसो हुँदा नीजि क्षेत्रलाई उपलब्ध ऋण कम हुन जान्छ । यस्ताखाले समस्यहरु बजेटमा प्रशस्त छन् ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार