मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

‘खेलकुदको नीति हेर्दा जति राम्रो भएपनि कार्यान्वयनमा फितलो’

Ujyalosandeshonline 12348+ समाचार ( )
१४ पौष २०८१, आइतबार

काठमाडौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले हाम्रो खेलकुदको नीति हेर्दा जति राम्रो भएपनि त्यसको कार्यान्वयन भने फितलो रहेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित प्रजातन्त्रवादी खेलाडी तथा खेल प्रेमीहरुको राष्ट्रिय भेला लाई सम्बोधन गर्दै उनले नीतिमा व्यवस्था गरिए अनुसारको खेल क्षेत्र मा बजेट भने नछुट्याइएको गुनासो गरे । केही वर्षदेखि सामाजिक उत्तरदायीत्वमा खेलकुद लाई नराखिएको भन्दै उनले खेलकुदलाई सामाजिक उत्तरदायीत्वमा राख्न आवश्यक रहेका बताए । 

उनले भने,‘हाम्रो खेलकुदको नीति हेर्ने हो भने धेरै नै राम्रो छ । प्रत्येक वार्डमा एउटा खेलकुदको फिल्ड हुनुपर्ने प्रत्येक गाउँपालिकामा हुनुपर्ने नीतिमा आएको थियो । तर त्यस अनुसार बजेट आएको छैन् । विद्यालय स्तरमा सबैभन्दा बढी बजेट हुनुपर्ने हो । राष्ट्रपति कप भनेर हुन्थ्यो पहिला तर अहिले त्यो पनि छैन् ।पहिले सामाजिक उत्तरदायीत्वमा खेलकुद परेको थियो । तर केही वर्षदेखि सामाजिक उत्तरदायीत्वमा खेलकुदलाई राखिएको छैन् । पहल त भइरहेको छ खेलकुदलाई सामाजिक उत्तरदायीत्वमा राख्न सक्यौं भने धेरै रोजगारी बढ्ने हुन्छ । 

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि पार्टीमा जबसम्म युवा पुस्ता हुँदैन् तबसम्म पार्टी अगाडि बढ्न नसक्ने धारणा राखे । 

उनले भने,‘कुनैपनि पार्टीमा जबसम्म युवा पुस्ता हुँदैन् तबसम्म त्यो पार्टी अगाडि बढ्न सक्दैन् । हाम्रो पार्टीले पुरस्कृत पनि गरेको छ । अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा खेलकुद क्षेत्रलाई पार्टीबाट पनि सहयोग गरेर अगाडि बढ्नुपर्ने छ । खेलकुदले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम कमाउन सकोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार