मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

भरतपुरमा भूमिगत र सतह सिंचाईका कारण कृषक खुशी

Ujyalosandeshonline 12614+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

चितवन । भरतपुर वडा नम्बर १७ मा एकै दिनमा दुईवटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उदघाटन गरिएको छ । विहीबार एक कार्यक्रमकाबिच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुवै थरीका बोरिङ उदघाटन गरिन् ।

भरतपुर महानगरपालिकामा भूमिगत सिंचाई कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल र महानगरपालिकाबाट सातसय बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले सिंचाईको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको उल्लेख गरिन् ।भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाईले कृषकको मुहारमा खुसी आएको महशुस गरेको प्रमुख दाहालले बताइन् ।

उनले भनिन्,‘पहिलाको सुख्खाग्रस्त ठाँउमा हाराभरा भएका छन् । एक बाली हुने ठाँउमा चार बाली हुन थालेको छ । अहिले कृषकहरु खुसी भएको पाएका छु । १२ महिना भरतपुरलाई सिंचित गर्ने गरी महानगरले काम पनि गरिरहेको छ ।’

भरतपुरमा भूमिगत सिँचाई, नारायणी लिफ्ट सिंचाई र केरुङगा घोल सिँचाई परियोजना एक साथ सञ्चालनमा आउँदा यहाँका जमिनमा १२ महिना प्रशस्त सिँचाई गर्न सकिने प्रमुख दाहालले बताइन् ।

पश्चिम चितवनका सिँचाईको अभावमा पहिला बाझा रहने खेतहरु अहिले सिँचाईका कारण धान, मकै, गहुँबाहेक तोरी, तरकारी र अन्य बेमौसमी खेतीहरु उत्पादन हुनेक्रम सुरु भएको उनको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार