मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

लुम्बिनीमा आगामी वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने

Ujyalosandeshonline 12208+ समाचार ( )
२५ माघ २०८२, शनिबार

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा २५७० औँ बुद्ध जयन्तीको अवसर पारेर आगामी २०८३ वैशाख १६ र १७ गते 'तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन' आयोजना हुने भएको छ। लुम्बिनी विकास कोषको परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले सम्मेलन गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको संयोजकत्वमा १० सदस्यीय मूल आयोजक समारोह समिति गठन गरेको छ। सम्मेलनका लागि सरकारले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। विश्व शान्ति र बन्धुत्वको भावना फैलाउने उद्देश्यसहित आयोजना हुने यस सम्मेलनमा ६० भन्दा बढी देशका बौद्ध विद्वान, गुरु र विशिष्ट पाहुनाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार