मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विश्व एकता र विश्वासको लागि राजयोग ध्यानको नेपालमा शुभारम्भ

Ujyalosandeshonline 11005+ समाचार ( )
५ जेठ २०८२, आइतबार

भैरहवा । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय भैरहवाले आईतबार एक विशेष समारोह आयोजना गरी “विश्व एकता एवं विश्वासको लागि राजयोग मेडीटेसन” को राष्ट्रिय शुभारम्भ गरेको छ । 

कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री बालकृष्ण खाँणले राजयोग ध्यानको माध्यमबाट व्यक्ति, परिवार र समाजमा शान्ति, एकता र विश्वासको अभिवृद्धि गर्न सकिने बताए । उनले नेपाल जस्तो विविधतापूर्ण मुलुकमा आपसी सद्भाव र सहिष्णुता कायम राख्न राजयोग ध्यानको महत्व अझ बढी रहेको विचार व्यक्त गरे । 

उनले विश्वमा बढ्दो द्वन्द्व, असहिष्णुता र अविश्वासलाई कम गर्न राजयोग ध्यान एक प्रभावकारी माध्यम बन्न सक्ने बताए । व्यक्तिले यसलाई आफ्नो जीवनशैलीको हिस्सा बनाएमा, विश्वमा प्रेम, एकता र विश्वासको वातावरण सिर्जना हुन सक्ने उनको धारणा थियो ।

“अहिलेको विषम परिस्थितिमा, राजयोग ध्यानले हरेक व्यक्तिलाई मानसिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्न सक्छ, जसले अन्ततः विश्व एकता र विश्वासको आधारशिला खडा गर्न मद्दत गर्नेछ ।” खाँणले भने 

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालको संस्थापक तथा अध्यक्ष परनिताले राजयोग ध्यानको उद्देश्य विश्वमा सकारात्मक परिवर्तन ल्याउनु रहेको बताइन । उनले भनिन “यो ध्यानले मानिसलाई आन्तरिक शान्ति र शक्ति प्रदान गर्छ, जसले गर्दा बाह्य संसारमा पनि प्रेम र सहयोगको भावना जागृत हुन्छ ।”

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको केन्द्रिय कार्यालयका निति अनुसार हरेक वर्ष एक नारा तोकेर अभियान ल्याउने गरिएको छ । यस पटकको लागि “विश्व एकता एवं विश्वासको लागि राजयोग मेडीटेसन” भन्ने नारा तोकिए बमोजिम नेपालमा पनि यसलाई मनाउन थालिएको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका राष्ट्रिय सचिव भुपेन्द्र अधिकारीले जानकारी दिए । क्षेत्रीय कार्यालय भैरहवामा ५ दिन सम्म चल्ने उक्त कार्यक्रममा नेपाल र भारतका गरि २ सय बढी ब्रह्माकुमारीका सदस्यहरुको सहभागीता रहेको उनले बताए । 

कार्यक्रममा सहभागी सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँन, उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पनि राजयोग ध्यानको महत्व र यसले समाजमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए । उनिरूले तनावपूर्ण जीवनशैलीमा शान्ति र स्थिरता प्राप्त गर्न राजयोग ध्यान एक अचूक उपाय भएको बताए । आजको चुनौतीपूर्ण विश्वमा शान्ति, एकता र विश्वासको आवश्यकता झन् बढेको र यस सन्दर्भमा, राजयोग ध्यानले व्यक्तिको आन्तरिक शान्ति र सकारात्मकतालाई अभिवृद्धि गर्दै विश्वव्यापी एकता र विश्वासको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने वक्ताहरुले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार