मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

मन्थलीको सानीमदौलेमा ज्येष्ठ नागरिकलाई सम्मान

Ujyalosandeshonline 12612+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

रामेछाप । मन्थली नगरपालिका–१ को सामुदायिक सिकाई केन्द्र सानीमदौले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

सानीटारमा मंगलबार आयोजित कार्यक्रममा वडा नं १ का ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा २० जना ज्येष्ठ नागरिकलाई बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले सम्मानित गरेका हुन् ।

सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तीर्थ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीलाई उपाध्यक्ष शान्ता सुवेदीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा मन्थलीका विभिन्न पाँचवटा सामुदायिक तथा संस्थागत विद्यालयका बिच अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत तथा मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा मन्थली मावि प्रथम, तामाकोसी अंग्रेजी आवासीय विद्यालय द्वितीय र केब्स स्कुल तृतिय भएका थिए । विजयी विद्यार्थीहरुलाई क्रमशः नगद ५ हजार, ३ हजार र दुई हजार सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार