मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने

Ujyalosandeshonline 12342+ समाचार ( )
२९ असार २०८२, आइतबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा दु्रत विकास भइरहेको जानकारी दिए । 

‘मन्त्रालयमा धेरै चाप अस्थायी प्रहरी चौकीमाग, अस्थायीलाई स्थायी र  प्रहरी चौकी स्तरोन्नती स्थापनाको जोड देशव्यापी छ,’ उनले भने,‘नागरिकमा प्रहरीप्रति विश्वास र आस्था बढेको छ ।’त्यसैगरी नेपाल प्रहरीको विधेयक ल्याउन लागिएको बताउँदै मन्त्री लेखकले केही दिनपछि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा पुनः विधयेकमाथिको छलफल सुरु हुने धारणा राखे । 

‘प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाउने गरी अवकासमा जाने व्यवस्था विधयेकमा गरिएको छ,’ उनले भने, ‘प्रहरीको उच्च मनोवलका साथ कार्यदक्षता बढ्न सकोस भनेर प्रहरी संगठनलाई तुलनात्मक रुपले राम्रोसित आगामी बर्षका लागि बजेट बिनियोजन गरिएको छ ।’

आम नागरिकसित राम्रो व्यवहार गरेर नम्रतापूर्वक सेवा प्रवाह गर्न मन्त्री लेखकले निर्देशन दिएर अनलाइन सचेतना कक्षा संचालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यतात्मक अवस्था हट्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार