भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बाइपास क्षेत्रबाट अवैध रूपमा भन्सार छलेर ल्याइँदै गरेको करिब रु दुई लाख १९ हजार बराबरको सामान बरामद गरेको छ। भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, कस्मेटिक तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीको टोलीले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी नायब निरीक्षक केशब केसीको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त सामानहरू बरामद गरेको हो। बरामद गरिएका सम्पूर्ण लत्ताकपडा, कस्मेटिक तथा किराना सामान आवश्यक कारबाहीका लागि स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।