मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

निर्वाचनको वातावरण बनाउन सरकारलाई उत्प्रेरित र दबाब दिनेछौं : प्रचण्ड

Ujyalosandeshonline 12463+ समाचार ( )
९ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई निर्वाचनको वातावरण बनाउन दबाब सिर्जना गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको भन्दै यसलाई सहज बनाउन सरकारलाई निर्वाचनको वातावरण बनाउन उत्प्रेरित र दबाब सिर्जना गर्ने बताए ।

उनले भने, ‘जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको छ । यस्तो बेला आउन लागेको निर्वाचनको लागि वातावरण बनाउन जनतालाई अपिल गर्ने छौ । राजनीतिक दलहरुलाई अपिल गर्ने छौ र सरकारलाई निर्वाचनको वातावरण बनाउन पहलका लागि उत्प्रेरित गर्नेछौ । दबाब पनि सिर्जना गर्ने छौं र देशमा अहिले देखा परेको असहज अवस्थालाई सहज बनाउन अगाडि बढ्ने छौ ।’

यस्तै, उनले नेपालमा विद्यमान राष्ट्रिय संकटको अवस्थाको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र देश र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने उद्देश्यद्वारा पार्टी अगाडि बढाइएको पनि उनको भनाई छ । 

उनले भने, ‘नेपालमा विद्यमान राष्ट्रिय संकटको जुन अवस्था छ त्यसको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने महान उद्देश्यका साथ अघि बढेका छौं । ढिलो–छिटो सबै सच्चा कम्युनिष्ट, देशभक्त र लोकतन्त्रवादीहरु नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा जोडिने छन् ।’

साथै, उनले नेपाली कम्युनिष्ट पार्टी देशमा साच्चिकै रोजगारी सिर्जना गर्ने, कृषि पर्यटन, उद्योग र उर्जालगायत सबै क्षेत्रमा व्यापक सुधार गर्न नयाँ आर्थिक क्रान्ति गर्ने उद्देश्यका साथ विदेशमा रहेका नेपालीहरुको लागि काम गर्नेतर्फ लागेको पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार