मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


कति छ तीन उपप्रधानमन्त्रीहरुसँग सम्पति ?

Ujyalosandeshonline 11005+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरणअनुसार तीन उपप्रधानमन्त्रीहरुमध्ये सबैभन्दा कम सम्पति नारायणकाजी श्रेष्ठको देखिएको छ । दुई उपप्रधानमन्त्री रवि लामिछाने र रघुवीर महासेठले चल अचल सम्पति आफ्नोभन्दा श्रीमतीको नाउँमा धेरै रहेको विवरणमा देखाएका छन् । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपको सफाइ दिने क्रममा संसदमा प्रतिपक्षी दलमाथि आक्षेप लगाउँदा तातेको राजानीतिक वातावरणलाई विषयान्तर गर्न सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको हो । 

मन्त्रिपरिषद्का २३ सदस्यमध्ये २१ जनाको विवरण सार्वजनिक भएको छ । जसअनुसार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ नगद बचत छ । उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्तिको रुपमा देखाइएको छ । 

लामिछानेको सो बाहेक सम्पत्ति अन्य केही देखाइएको छैन । तर, उनकी पत्नी निकिता पौडेलको नाममा भने बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ । यस्तै,  विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको विवरण देखाइएको छ । उक्त घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँ ऋणमध्ये अब १ करोड ५० लाख तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।

लामिछानेले पत्नी निकिता पौडेलसँग ८० तोला सुन र २० केजी चाँदी रहेको खुलाएका छन् । त्यसको स्रोत अधिकांश निकिताका बाबुआमाले दिएको र केही खरिद गरेको उल्लेख गरेका छन् । यस्तै निकितासँग सुनबाहेक  १५÷२० केजी चाँदी रहेको र त्यो २५० देखि ३०० रुपैयाँ प्रति तोला भएको बेला खरिद गरेको उल्लेख सम्पत्ति विवरणमा उल्लेख छ । 

निकिताको नाउँमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको र सवारीसाधनमा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ । सो कार ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा खरिद गरिएको विवरणमा उल्लेख छ । विवरण अनुसार नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक निकिता छिन् भने दुवैको भौतिक मूल्य ४ करोड भएको उल्लेख छ । नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै अर्का उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि सार्वजनिक गरेको विवरणमा पनि अधिकांश सम्पति श्रीमती जुली महतोको नाउँमा रहेको उल्लेख छ । 

विवरण अनुसार महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको उल्लेख छ भने महतोको नाममा जनकपुरमा ३ कट्ठा जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा छ । 

चल सम्पति विवरणमा ४३ तोला सुन, १.५ किलो चाँदी रहेको उल्लेख छ । यस्तै, २ करोड २५ लाख रुपैयाँ बराबर नगद रहेको पनि मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै विभिन्न कम्पनीमा मन्त्री पत्नी जुलीको नाउँमा ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको विवरणमा छ । 

सो बाहेक महासेठले परिवारका सदस्य र सगोलमा रहेको जग्गा पनि विवरणमा खुलाएका छन् । रामविलास महासेठको नाउँमा हालको मिथिला विहारी नगरपालिकामा ३३ बिघा,    धनुषाकै सबैला नगरपालिकामा आमाको नाउँमा ३९ बिघा जग्गा रहेको उल्लेख छ । यस्तै सगोलको घर जग्गामा मिथिला बिहारी नगरपालिका–३ मा पनि करिव १० कट्ठा जमिन रहेको विवरणमा खुलाएका छन् । महासेठका अनुसार उनीसँग आफ्नो नाउँमा सवारीसाधन र पशुधन छैन । 

यस्तै अर्का उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नाउँमा घर र पैतृक सम्पत्ती नभएको विवरणमा छ । राष्ट्रिय वाणिज्य बैंकको खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको मन्त्री श्रेष्ठले खुलाएका छन् । सुनचाँदी, शेयर वा धितोपत्र श्रेष्ठको नभएको सम्पत्ति विवरणमा उल्लेख छ । 

सम्पतिको नाउँमा गोरखाको सिरानचोक गाउँपालिका–८ मा उनको नाममा ३ कित्ता जग्गा छ । सोमध्ये एउटा कित्ता ३१ रोपनी १५ आना छ ।  दोस्रो  ५ रोपनी ७ आना र तेस्रो कित्ता १ रोपनी १० आना रहेको देखाइएको छ । त्यसलाई उनले पैतृक भनेका छन् र २०५८ सालमा पार्टीलाई दिएको घोषणा गरेको र हाल प्रक्रियामा रहेको विवरणमा उल्लेख छ । 

मन्त्री श्रेष्ठसँग बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी छ । उक्त गाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रयोग गर्न दिएको श्रेष्ठले सम्पत्ति विवरणमा राखेका छन् ।   


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार