मुख्य समाचार
स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ | काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा | शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा | बैशाखमा ८ अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्ने | पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य | एक जनाको शव भेटियो, दुई जना अझै वेपत्ता | व्यवसायी भन्छन्- फुटपाथ व्यापार हटाउने नाममा नगर प्रहरीले ज्यादती गर्‍यो | पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ | रूपन्देहीको दानव नदिमा तीन बालक वेपत्ता | गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त |

स्वास्थ्य कर्मचारी जुनसुकै बेला कारवाहीमा पर्ने मन्त्रीको चेतावनी

Ujyalosandeshonline 6941+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य कर्मचारीमाथि अनुगमन र कारवाही अघि बढाउने चेतावनी दिएका छन् ।सोमबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले सरकारी अस्पताल व्यवस्थापन समितिले नागरिकलाई ठग्ने र दोष मन्त्रीमाथि दिने गरेको भन्दै सबैलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् । 

उनले भने, ‘तपाइँहरुको साथ सहयोग भयो भने केही दिनभित्रमा धेरैजना सस्पेन्ड हुन्छन् । धेरै जना कारवाहीमा पर्छन् । धेरैजनाको मुद्दा म आफैं अख्तियारमा पठाउँछु । रंगेहात नै समातेर कारवाहीको दायरामा ल्याउँछु । त्यसको लागि मैंले हरेक अस्पतालमा एउटा टिमको गठन गरिरहेको छु । त्यसले अस्पतालमा भइरहेको वेथितिलाई रोक्छ र समात्छ । नागरिकको निशुल्क उपचार होस भनेर काम गर्ने तर अस्पताल व्यवस्थापन समितिले नागरिकलाई ठग्ने प्रवृत्ति बढ्यो । अनि दोष भने मन्त्रीमाथि आउन गरेको छ । यो मान्य हुँदैन ।’

यस्तै, उनले मन्त्रालयमा सुधार गर्ने अठोटको साथ अगाडि बढेको भन्दै त्यसको लागि रातिको समयमा पनि अनुगमनमा जाने बताए । 

उनले भने, ‘सबैको साथ सहयोग प्राप्त भयो भने स्वास्थ्य मन्त्रालयमा यसपाली पक्कै पनि सुधार हुन्छ । अठोटको साथ काम गरिरहेको छु । हरेक एक एक कुरामा ध्यान दिइरहेको छु । अब दिउँसो होइन मात्र होइना राति पनि अनुगमनका लागि अस्पताल पुग्छु ।’

जनताको सेवाको भाव लिएर जुन अस्पतालहरु खोलिएको थियो त्यो हिसाबलेसेवा नभएको पनि उनको भनाइ छ । उनले अस्पतालहरुमा भएको वेथितिलाई रोक्नको लागि समिति गठन गरेर काम भइरहेको भन्दै यसमा मन्त्रालय गम्भीर भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार