मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |

स्वास्थ्य कर्मचारी जुनसुकै बेला कारवाहीमा पर्ने मन्त्रीको चेतावनी

Ujyalosandeshonline 11437+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य कर्मचारीमाथि अनुगमन र कारवाही अघि बढाउने चेतावनी दिएका छन् ।सोमबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले सरकारी अस्पताल व्यवस्थापन समितिले नागरिकलाई ठग्ने र दोष मन्त्रीमाथि दिने गरेको भन्दै सबैलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् । 

उनले भने, ‘तपाइँहरुको साथ सहयोग भयो भने केही दिनभित्रमा धेरैजना सस्पेन्ड हुन्छन् । धेरै जना कारवाहीमा पर्छन् । धेरैजनाको मुद्दा म आफैं अख्तियारमा पठाउँछु । रंगेहात नै समातेर कारवाहीको दायरामा ल्याउँछु । त्यसको लागि मैंले हरेक अस्पतालमा एउटा टिमको गठन गरिरहेको छु । त्यसले अस्पतालमा भइरहेको वेथितिलाई रोक्छ र समात्छ । नागरिकको निशुल्क उपचार होस भनेर काम गर्ने तर अस्पताल व्यवस्थापन समितिले नागरिकलाई ठग्ने प्रवृत्ति बढ्यो । अनि दोष भने मन्त्रीमाथि आउन गरेको छ । यो मान्य हुँदैन ।’

यस्तै, उनले मन्त्रालयमा सुधार गर्ने अठोटको साथ अगाडि बढेको भन्दै त्यसको लागि रातिको समयमा पनि अनुगमनमा जाने बताए । 

उनले भने, ‘सबैको साथ सहयोग प्राप्त भयो भने स्वास्थ्य मन्त्रालयमा यसपाली पक्कै पनि सुधार हुन्छ । अठोटको साथ काम गरिरहेको छु । हरेक एक एक कुरामा ध्यान दिइरहेको छु । अब दिउँसो होइन मात्र होइना राति पनि अनुगमनका लागि अस्पताल पुग्छु ।’

जनताको सेवाको भाव लिएर जुन अस्पतालहरु खोलिएको थियो त्यो हिसाबलेसेवा नभएको पनि उनको भनाइ छ । उनले अस्पतालहरुमा भएको वेथितिलाई रोक्नको लागि समिति गठन गरेर काम भइरहेको भन्दै यसमा मन्त्रालय गम्भीर भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार