मुख्य समाचार
नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन |

काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी

Ujyalosandeshonline 12465+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले राससलाई जानकारी दिनुभयो । कांग्रेसका थापा क्षेत्रीले छ हजार ३६४ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा २९ हजार ७७४ मत खसेकामा २९ हजार ८२ सदर र ६९२ मत बदर भएको थियो ।  

न्यौपानेको राजनीतिक पृष्ठभूमिः

वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै राजनीतिमा सक्रिय हुनुभएकी नेत्री न्यौपाने निर्वाचन अघि विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गर्नुभएको थियो । यसअघि २०७४ मा उहाँ २१ वर्षको उमेरमै काठमाडौँ महानगरपालिकाको प्रमुखको प्रत्यासी हुनुहुुन्थ्यो । उहाँ विवेकशील साझा पार्टीकी पूर्वमहासचिवसमेत हुनुहुन्थ्यो । उहाँले राजनीतिशास्त्र  र परामर्श मनोविज्ञानमा स्नातकोत्तर गर्नुभएको छ ।

महिला हिंसाविरुद्ध स्पष्ट र सशक्त आवाज उठाउँदै आउनुभएकी न्यौपानेले थेम्स कलेजमा अध्यापक र निकोलसन इन्टरनेसनल कलेजमा अतिथि प्राध्यापकको भूमिकासहित सामाजिक शिक्षा विषय विशेषज्ञका रुपमा अनुभव बटुल्नुभएको छ । सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षधर उहाँ सामाजिक अभिन्ताका रुपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार