मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

डडुवाका पहिरो पीडित थामी समुदायलाई २२ अस्थायी आवास हस्तान्तरण

Ujyalosandeshonline 12437+ समाचार ( )
२१ असार २०८२, शनिबार

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको मजुवा दलेचौरका बाढी पहिरोपीडितलाई अस्थायी टहरा निर्माण गरी हस्तान्तरण गरिएको छ ।

गएको भदौ ८ गते र असोज १२ तथा १३ गतेको अविरल मुसलधारे वर्षाले सो बस्तीमा बाढी पहिरो जाँदा २७ घरमा क्षति पुगेका थिए ।

बाढी पहिरोले जमिनसमेत कटान गरेपछि मानव बस्ती जोखिममा परेको थियो । सो घटनामा पशुपंक्षी तथा चौपाया समेत मरेका थिए ।

विपद्पछि पीडितलाई सुरक्षित बसोबासको व्यवस्था गर्न दोरम्बा शैलुङ गाउँपालिका वडा नं १ र स्थानीय समुदायले प्रयास गर्दै आएका थिए । सोही प्रयासको विभिन्न संस्थाको सहयोगमा अस्थायी आवास निर्माण गरी स्थानीलाई हस्तान्तरण गरिएको हो ।

स्थानीय टोल सुधार समितिका संयोजक कुलबहादुर श्रेष्ठको सभाध्यक्षयता र नेकपा एमाले बागमती प्रदेश कमिटीका सल्लाहकार सदस्य समाजसेवी टङ्क चौलागाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीयलाई २२ वटा अस्थायी आवास टहरा हस्तान्तरण गरिएका हो ।

कार्यक्रममा वडा अध्यक्ष प्रेमकुमार लामा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि तथा पीडित बासिन्दाहरूको सहभागिता थियो ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि टङ्क चौलागाईंले विपद्का समयमा राजनीतिक, सामाजिक र सामुदायिक तहबाट एकीकृत पहलको खाँचो औँल्याउँदै स्थानीय पीडितहरूको पीडामा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे । ‘यो केवल टहरा हस्तान्तरण मात्र होइन, आशा र पुनर्निर्माणको थालनी हो’, उनले भने ।

वडाध्यक्ष प्रेमकुमार लामाले विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका र जिम्मेवारीबारे प्रकाश पार्दै आगामी दिनमा थप दीर्घकालीन समाधान खोजिने बताए । उनले अहिलेलाई ओत लाग्ने ठाउँ बनेको बताउँदै अब सुरक्षित बसोबासका लागि जग्गा व्यवस्थापन र स्थायी घर निर्माणतर्फ केन्द्रित हुने जानकारी दिए ।  

गएको भदौ र असोज महिनामा आएको बाढी पहिराले गाउँ नै बस्न नहुने गरी छियाछिया भएपछि डडुवाका थामी समुदाय घरबार विहीन भएका थिए ।  एउटै त्रिपालमुनि ३० जनासम्मले सामूहिक रूपमा रात काटेका थिए । स्थानीयले एउटै चुल्होमा महिनौँसम्म खाना खाएका थिए ।  

ठुलो विपतमा परेको थामी समुदायलाई गैरसरकारी संस्था महासंघ नेपाल रामेछाप र नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका कमिटीको पहलमा जस्ता पाता प्रदान गरिएको थियो । गैरसरकारी संस्था महासंघ नेपाल रामेछापको पहलमा सामाजिक संस्थाहरू मार्फत ५४ बण्डल जस्तापाता उपलब्ध भएको थियो भने वडा पार्टीको प्रयत्न र नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतम तथा सल्लाहकार सदस्य टङ्कप्रसाद चौलागाईँको समन्वयमा ८० बण्डल जस्ता पीडित परिवारलाई उपलब्ध गराइएको वडा सदस्य मंगले थामीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार