मुख्य समाचार
गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन | भीमफेदी दुर्घटनामा नागरिक गुमाएको शोकमा चक्रघट्टा गाउँपालिका बन्द, किरिया खर्चबापत रु ५० हजार दिइने | आस्था र एकताको पर्व छठ आजदेखि सुरु, मिथिलाका गाउँबस्ती छठमय | देउसीभैलोको नाममा 'अश्लील नृत्य' : भैरहवाबाट सल्यान, दाङ र गुल्मीका ३ युवती पक्राउ | भीमफेदी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, घाइतेको निःशुल्क उपचार र पीडितलाई तत्काल राहत दिन माग | चिसापानीगढी दुर्घटना अपडेट : एकै टोलका १० सहित ११ जनाको मृत्यु, ६ घाइते | पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा | लुम्बिनीमा देउसीभैलोका नाममा अश्लील नृत्य प्रदर्शन गर्ने दुई महिला नियन्त्रणमा | काठमाडौँबाट सर्लाही जाँदै गरेको ईभी मकवानपुरमा दुर्घटना, १० जनाको ज्यान गयो | मर्चवार सिँचाइ नहरमा अतिक्रमण हटाउन अन्तिम चेतावनी: स्वेच्छाले नहटाइए डोजर चलाइने |

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो

Ujyalosandeshonline 12664+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। सो अवसरमा केन्द्रीय रक्तसञ्चार सेवा भृकुटीमण्डपमा आयोजित मूल समारोहमा वर्षभरि रक्तदान गर्ने सङ्घसंस्थाहरूलाई सम्मान गरिएको छ।

कार्यक्रममा नेरेसो तदर्थ समितिका अध्यक्ष डा. विशालकुमार भण्डारीले सरकारले तोकेका मापदण्ड पूरा गर्दै बिरामीका लागि गुणस्तरीय र सर्वसुलभ रूपमा रगत तथा रक्ततत्त्व उपलब्ध गराउन रेडक्रस प्रतिबद्ध रहेको बताउनुभयो। महामन्त्री ऋषिरमण खनाल, आइएफआरसीका नेपाल प्रमुख डेभिड फिसर र व्लड डोनर एशोसियसन नेपालका अध्यक्ष राजेश श्रेष्ठले रक्तदानको महत्त्व, प्रविधिमैत्री सेवा र समन्वयकारी भूमिकाबारे चर्चा गर्नुभएको थियो।

केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक डा. प्रकाशकुमार यादवद्वारा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/०८३ मा नेरेसोबाट दुई लाख ९१ हजार ३१९ युनिट रगत संकलन भई चार लाख चार हजार ५७९ युनिट रगत तथा रक्ततत्त्व वितरण गरिएको छ। वि.सं. २०२३ साउन १२ गते स्थापना भई पहिलो वर्ष १५७ युनिट मात्र रगत संकलन गरेको रेडक्रसले २०३९/४० पछि स्वयंसेवी रक्तदातामार्फत सेवा विस्तार गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै