मुख्य समाचार
भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै |

शरीरमा आगो लगाउन खोज्दा एक महिला प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 11003+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

सुर्खेत । उच्च अदालत सुर्खेतको गेटमा धर्नामा बसेकी एक महिलाले शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमानको हत्यारालाई कारबाहीको माग राख्दै अदालतको गेटमा तीनदिनदेखि धर्नामा बसेकी जाजरकोटीकी ती महिलाले आफ्नी बहिनीसहित आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेकी थिइन् ।  

जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मइपकी निर्मला शाही र उनकी शर्मिला शाहीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको हो । निर्मलाका श्रीमान् रामबहादुर शाहीका हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै उनीहरु दुई बहिनी धर्नामा बसेका छन् ।  

जाजरकोट जिल्ला अदालतले रामबहादुरको कर्तव्य ज्यान मुद्दामा चार जनालाई पुर्पपक्षका लागि कारागार पठाउन आदेश दिइसकेको छ । बाँकी दुई जनालाई धरौटी र दुई जनालाई साधारण तारेकमा छाडेपछि रामबहादुरकी श्रीमती मंगलबारदेखि न्याय माग्दै उच्च अदालत अगाडी धर्नामा बसेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले धर्नामा बसेकी शर्मिला शाहीले पेट्रोल ल्याएर छर्केर आगो लगाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको बताए । गत १७ गते जुनिचाँदे गाउँपालिका–५ स्थित शिवपुरी माध्यामिक विद्यालयमा भइरहेको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हेर्न उनका श्रीमान रामबहादुर शाहीको सोही दिन हत्या भएको थियो । माघ १८ गते जुनिचाँदेको काहाँरे खोलामा उनी मृत अवस्थामा भेटिएका थिए ।

प्रहरी अनुसन्धानको क्रममा रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा स्थानीय तुलाकुमारी शाही, बीरबहादुर शाही, जयबहादुर शाही, प्रेमबहादुर शाही, रत्नबहादुर शाही, मैसरा शाही, रेशमबहादुर शाही, रामबहादुर शाही र मैप १ नाबालकलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो ।  जाजरकोट प्रहरीले उनीहरु विरुद्ध फागन ११ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको हो । अदालतले फागुन १३ गते थुनछेक बहसपछि पाँच जनालाई धरौटी र चार जनालाई कारागार चलान गरिसकेको छ ।

रामबहादुरकी श्रीमती निर्मलाले धरौटीमा अदालतले छाडेकोमा चित्त नबुझेको भन्दै छुटेकाहरूलाई थुनामा पठाइ पाउँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएकी छन् । निर्मलाले विभिन्न आठ बुँदे माग राख्दै उच्च अदालत अगाडी तीनदिनदेखि धर्नामा बसेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार