मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

किसान सूचीकरण गर्दै माडी नगरपालिका

Ujyalosandeshonline 12547+ समाचार ( )
५ मंगशिर २०८२, शुक्रबार

चितवन । माडी नगरपालिकाले किसानको सूचीकरण गर्न सुरु गरेको छ । पहिलो पटक पालिकामा किसान सूचीकरण गर्न लागिएको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार अहिले किसान सूचीकरणका लागि गणक नियुक्तिको प्रक्रिया सुरु गरिएको छ । गणक नियुक्तिसँगै सूचीकरणको काम सुरु गरिने उहाँले जानकारी दिनुभयो । यसका लागि किसान सूचीकरण सहजकर्ता १० जना नियुक्ति गरेर काम गर्न लागिएको हो । उहाँहरूले तीन महिनासम्म सबै किसानको घरघरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नेछन् ।

यस पालिकामा १० हजार बढी घरधुरी छन् । तीमध्ये सात हजार बढी घरधुरी किसान रहेका अनुमान नगरपालिकाले गरेको छ । प्रशासकीय अधिकृत भुसालले भन्नुभयो, “वास्तविक किसानको सङ्ख्या कति छ र कुन किसानको जमिन कति छ भन्ने तथ्याङ्क सङ्कलनका लागि काम गर्न लागेका हौँ ।” उहाँका अनुसार योे सूचीकरणले कृषकको वास्तविकता, अवस्था कस्तो छ भन्ने विस्तृत अध्ययन गरिने छ । 

सूचीकरण गरी सकेपछि सेवा प्रवाह गर्न र योजना बनाउनमा  सहयोग पुग्ने भुसालले बताउनुभयो । उहाँका अनुसार किसान लक्षित योजना र उनीहरुको आवश्यकता पूरा गर्नका लागि सूचीकरणले टेवा पुग्ने छ । किसानका लागि आवश्यक पर्ने मल, बीउ वितरणदेखि सबै किसिमका काममा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार