मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

स्वास्थ्य क्षेत्र सरकारको उच्च प्राथमिकता छ : उपप्रधानमन्त्री खड्का

Ujyalosandeshonline 12461+ समाचार ( )
७ पौष २०८०, शनिबार

सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूणर्बहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको बताएका छन् ।

‘ब्याक टू लाइफ’ को सहयोग, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानव अधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका ७ सुर्खेतस्थित मेहलकुना अस्पतालमा शनिबार आयोजित ‘एक दिने हृदय रोग’ निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा उनले स्वास्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताए ।

उनले भने, “मानव जीवनका लागि स्वास्थ्य महत्त्वपूणर् कुरा हो । स्वस्थ नागरिक उत्पादनले समृद्ध समाज बन्छ । तल्लो तहमा स्वास्थ्य सेवा पुग्नेगरि संरचनाको निर्माण तथा विकासमा सरकारले ध्यान दिएको छ ।” 

उनले ब्याक टू लाइफ संस्था र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले कणर्ालीका विकट जिल्लामा पुगेर मुटु रोग जस्तो संवेदनशील उपचार सेवा निःशुल्क प्रवाह गरेको प्रति कृतज्ञता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा ब्याक टु लाईफका देशीय निमित्त निर्देशक डिकेन्द्रलाल ढकालले कणर्ालीका नागरिकले सहजै प्राप्त गर्न नसक्ने मुटु रोगको उपचार सेवामा सहयोग पुर्याउने ध्येयले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । 

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा.चन्द्रमणि अधिकारीले मुटु रोगीहरुको निःशुल्क उपचार गरिने ठूलो रोग देखिए केन्द्रले शल्यक्रियामा सहयोग गर्ने बताए । 

मेहलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले काठमाडौं पुगेर उपचार गर्नसक्ने अवस्था नभएका मुटु रोगका बिरामीहरूलाई केन्द्रले ठूलो सहयोग पुर्याएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार