मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्यः डा सिके राउत

रासस 695+ समाचार ( )
११ माघ २०८२, शनिबार

राजविराज (सप्तरी) । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको राजनीतिक निकास र दिगो विकासका लागि नयाँ गणतन्त्र र प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य रहेको बताउनुभएको छ । प्रेस जनमत सङ्घले आज यहाँ राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले सार्वजनिक गरेको घोषणापत्रमार्फत सङ्घ, प्रदेश र स्थानीय तहमा विद्यमान संरचनागत समस्याको समाधानका लागि स्पष्ट खाका प्रस्तुत गरिएको बताउनुभयो । 

अध्यक्ष डा राउतले सुशासन र समृद्धिको यात्रा पूरा गर्दै देशको विकास र निकासका निम्ति आफ्नो पार्टीले नौलो गणतन्त्रको ‘एजेन्डा’ अगाडि सारेको बताउनुभयो । उहाँले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञहरू सम्मिलित मन्त्रिपरिषद् गठन गर्दा भ्रष्टाचार अन्त्य हुने उल्लेख गर्नुभयो । “देश अहिले सङ्कटमा छ, त्यो सङ्कट पनि बहुआयामिक छ । संविधानमाथि नै धावा बोलिएको छ । त्यसैले  सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ”, अध्यक्ष राउतको भनाइ थियो । 

उहाँले प्रदेशको पूर्ण स्वायत्तताका सन्दर्भमा जनमत पार्टीले मधेसलगायत सबै प्रदेशलाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, साधन–स्रोत र प्रशासनिक अधिकार पूर्ण रूपमा हस्तान्तरण गर्नुपर्ने धारणा अघि सारेको बताउनुभयो ।आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गर्दै सप्तरी क्षेत्र नं २ का उम्मेदवार राउतले रोजगारी सिर्जना, प्रशासनिक सुधार र जनमुखी विकासका कार्यक्रमहरू आफूले अघि बढाइए पनि प्रदेशलाई पूर्ण स्वायत्तता नदिएसम्म समस्या भइरहने धारण राख्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार