मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन विचार र सहकार्यमा जोड

Ujyalosandeshonline 12611+ समाचार ( )
८ श्रावण २०८३, शुक्रबार

बुटवल । नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४८ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरूले कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउन आत्मसमीक्षा, सहकार्य र वैचारिक पुनर्जागरण आवश्यक रहेको बताएका छन्। पुष्पलालको त्याग, समर्पण र नैतिक राजनीतिक संस्कृतिलाई व्यवहारमा उतार्न नसक्दा आन्दोलन कमजोर बन्दै गएको उनीहरूको भनाइ थियो।

बुटवलमा आयोजित ‘पुष्पलालको राजनीतिक विचार र नेपाली वाम राजनीतिको भावी कार्यदिशा’ विषयक बहसमा नेकपा (एमाले)का केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुष्पलाल कम्युनिस्ट एकताका सूत्रधार भएको उल्लेख गर्दै पार्टीहरूले कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो। सोही कार्यक्रममा एमाले रुपन्देही इञ्चार्ज खिमलाल भट्टराईले श्रमजीवी र विपन्न वर्गको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका रुपन्देही इञ्चार्ज निर्मल जिसी र नेकपा (माओवादी)का नेता वीरेन्द्र विकले सत्ता स्वार्थ, भ्रष्टाचार र अवसरवादबाट मुक्त भई देश र जनताको समृद्धिका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य हुनुपर्ने धारणा राख्नुभयो। अध्येता माधव पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार