मुख्य समाचार
नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने | सिद्धार्थनगरमा शुद्ध पठन, द्रुत पठनका लागि कार्यशाला | पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र | ‘दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक’ | सुन लुकाएर अपहरणमा परेको नाटक गर्दा पक्राउ | साना व्यवसायीलाई सामाग्री सहयोग | सगरमाथा आधार शिविर पठाईयो विश्व शान्ति द्धिप | दुई ठूला देशबिच रहेको नेपालको सम्भावना धेरै छ : पूर्वमन्त्री रिजाल | संघीय संसदका दुवै बैठक आह्वान,प्रतिपक्षको अडानले बैठक बस्ने नबस्ने अनिश्चित | अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’ |

नेपाल २८ रनले पराजित, वेस्ट इन्डिज एले जित्यो श्रृंखला

Ujyalosandeshonline 2584+ समाचार ( )
२० वैशाख २०८१, बिहीबार

काठमाडौं । नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज एले काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखला जितेको छ । बिहीबार टीयू क्रिकेट मेदानमा नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिज एले एक खेल अगावै श्रृंखला जितेको हो ।   

आज दुई सय १० रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरभन्दा १ बल अगावै १८१ रनमा अल आउट भयो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८२ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले सामान १९–१९ रन बनाए ।

यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने त्यसपछि नेपाल वेस्ट इन्डिज एसँग १० रन, ७६ रन र आज २८ रनले पराजित भएको हो ।  अन्तिम खेल शनिबार हुनेछ । शनिबार नेपाल श्रृंखलाको सुखद अन्त्य गर्ने उद्देश्यसहित मैदान फर्किने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार