मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’

Ujyalosandeshonline 12537+ समाचार ( )
१ श्रावण २०८३, शुक्रबार

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जघन्य प्रकृतिका अपराध, सङ्गठित, आर्थिक एवं जटिल अपराधको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । ब्यूरोको १६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आगामी दिनमा नेपाल प्रहरीले निष्पक्ष, विश्वसनीय र उत्कृष्ट अनुसन्धान संस्थाका रूपमा नागरिकको पूर्ण विश्वास हासिल गर्दै राष्ट्रको न्याय प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

 महानिरीक्षक कार्कीले ‘अनुसन्धान अनि मात्र पक्राउ’ भन्ने अनुसन्धानको न्यूनतम मापदण्डलाई आत्मसात् गर्दै तटस्थ एवं उच्च व्यावसायिकता प्रदर्शन गरी ब्यूरोले नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी ब्यूरोको क्षमता अभिवृद्धि एवं अन्तर निकाय र अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ गर्दै उत्कृष्ट अनुसन्धान निकायको रूपमा स्थापना गर्न सङ्गठन सदैव क्रियाशील रहेको बताउनुभयो ।

सो अवसरमा महानिरीक्षक कार्कीले ब्यूरोका पूर्वप्रमुखलाई सम्मान तथा पूर्वकर्मचारीलाई कदरपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा ब्यूरोद्वारा प्रकाशित ‘सिआइबी म्यागेजिन’ लोकार्पण गरिएको थियो । कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, विभिन्न मन्त्रालयका सहसचिव, सहन्यायाधिवक्ता, प्रहरी नायब महानिरीक्षक, अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, आमन्त्रित अतिथिलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार