मुख्य समाचार
लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर |

तामाङ बस्तीमा महाकाली देवी, तामाङहरूले नै गर्छन् संरक्षण

Ujyalosandeshonline 12435+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

रामेछाप । सिङ्गो बस्तीमा एक घर पनि ब्राह्मण क्षेत्रीको छैन । पुरै बस्ती तामाङ समुदायको, सबै बौद्ध धर्मालम्बि । तर गाउँको बिचमा मन्दिर भने हिन्दु धर्मालम्बिको महाकाली देवीको । 

नेपालमा धार्मिक तथा जातीय सहिष्णुता कति प्रगाढ छ भन्ने उदाहरण हो रामेछापको खाँडादेवी–८ गागलको महाकाली मन्दिर । तामाङ बस्तीको बिचमा रहेको यो मन्दिर स्थानीयको आस्थाको केन्द्र मात्र होइन धार्मिक सहिष्णुताको प्रतीक पनि बनेको छ ।  

यो महाकली मन्दिरलाई निक्कै ऐतिहासिक र पुरानो मानिन्छ । मन्दिरको इतिहास स्थानीयलाई थाहा छैन तथा परम्परागत कहावत भने चल्दै आएको छ । पुस्तौँ पुस्तादेखि त्यही कहावत सर्दै आएको छ । 

स्थानीयका अनुसार अहिले मन्दिर रहेको ठाउँमा स्थानीयले पोखरी खन्न लागे । पोखरी खन्ने क्रममा एउटा ठुलो ढुङ्गो फेला पर्यो । पोखरी खन्नेहरूले खनेर ढुङ्गो निकाल्न सकेनन् । घनले फुटाउँदा ढुङ्गाबाट रगत निस्कियो । 

ढुङ्गाबाट रगत आएपछि स्थानीयले जानेलाई देखाए । जान्नेलाई देखाउँदा म महाकालीबाट आएको श्री महाकाली देवी हुँ भनेर बकेपछि सोही ठाउँमा महाकाली मन्दिर थापना गरियो भन्ने कहावत छ ।  

महाकाली थानमा प्राकृतिक सिला छ । त्यहाँ भोग खाने र नखाने दुवै थरीका देवी छन् । पहिला धेरै बली चढाइने सो मन्दिर अहिले बलि पूजा भने  रोकिएको खाँडादेवी–८ वडाध्यक्ष जङ्गलाल तामाङ बताउँछन् । 

देवीथानमा देवीको सुरक्षाको लागि एउटा ठुलो ढुङ्गो गाडिएका छ । सो ढुङ्गो गाउँको पारी माकादुमबाट ल्याइएको स्थानीय बताउँछन् । ढुङ्गो ल्याउँदा गाउँको पुछारमा भाँचिएपछि भाँचिएको टुक्राबाट सोही ठाउँमा महादेव र साँढेको मूर्ति बनाएर मन्दिर स्थापना गरिएको छ । 

महाकाली थानमा गाडिएको ढुङ्गामा सुनको गजुर राखिएको थियो । सो गजुर चोरी भएपछि लामो समयसम्म त्यतिकै खाली रह्यो । पछि वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट बजेट विनियोजक गरी जलप लगाएको गजुर राखिएको छ । मन्दिर संरक्षणको लागि मन्दिरको वरिपरि कम्पलाउण्डवाल लगाएर संरक्षणको काम गरिएको वडाध्यक्ष तामाङ बताउँछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार