भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ

Ujyalosandeshonline 12435+ समाचार ( )
१५ अशोज २०८३, बिहीबार

​भैरहवा । भारतबाट अवैधरूपमा भन्सार छली ल्याउँदै गरिएको ठूलो परिमाणको सुनका गरगहनासहित एक महिला रुपन्देहीको सिद्धार्थनगरबाट पक्राउ परेकी छन्।

​सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक गोपि कृष्ण भट्टराईको कमाण्डमा खटिएको टोली र ईलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेट चेकप्वाइन्टबाट काठमाडौँ महानगरपालिका–१९ निवासी ४६ वर्षीया ईला पटेललाई नियन्त्रणमा लिएको हो।

​विशेष सुराकीका आधारमा जाँच गर्ने क्रममा उनको साथबाट दुई किलो ६०५ ग्राम तौल बराबरका विभिन्न प्रकारका सुन जस्ता देखिने पहेँलो धातुका गहनाहरू बरामद गरिएको थियो। पक्राउ परेकी महिला र गहनालाई थप परीक्षणका लागि सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएकामा संघले ती धातुमध्ये एक किलोग्राम शुद्ध सुन रहेको र त्यसको बजार मूल्य रु दुई करोड ५१ लाख ९३ हजार ३५० कायम भएको पुष्टि गरेको छ।

​बरामद गरगहना परीक्षण रिपोर्ट तथा आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार