मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

साँवतावासीको एक दशकदेखिको सपना पूरा

रासस 399+ समाचार ( )
२१ पौष २०८२, सोमबार

म्याग्दी । दुईतिर अग्ला भिरको फेदीमा रहेको म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने साँवताको किनारमा म्याग्दी नदी बग्छ । बर्खायाममा साँवतावासी भिरबाट खस्ने पहिरो र किनारको म्याग्दी नदीमा आउने बाढीको चपेटामा पर्दै आएका छन् । “दिच्याम र देविस्थानको भिरबाट पहिरो खसेर अन्यत्र जाने बाटो नहुँदा पछिल्लो केही वर्षयता बर्खामा बारीमा थुम्कोमा बसेर रात कटाएका थियौँ”, साँवताकी जसीकला पुनले भन्नुभयो, “साँवताबाट छिमेकी गाउँ थापाचौर जोड्ने झोलुङ्गे पुल बनेपछि अघिपछि आवतजावत गर्न सहज हुनुका साथै बर्खामा बाढी पहिरोको चपेटामा पर्दा भागेर ज्यान बचाउन सकिने भयो भनेर ढुक्क भएका छौँ ।”

तेह्र परिवारको बसोबास रहेको साँवताका बासिन्दाको एक दशकदेखिको सपना मालिका–५ थापाचौर र वडा नं ६ को साँवता बस्ती जोड्ने म्याग्दी नदीमाथि झोलुुङ्गे पुुल निर्माण भएपछि पूरा भएको हो । खानेपानी, विद्युत् र सडक सुविधा पुगिसकेको साँवतावासीको मुख्य माग झोलुङ्गे पुल थियो । पूर्वाधार विकास कार्यालयले थापाचौर र साँवता जोड्ने म्याग्दी नदीमाथि ९६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । स्थानीयवासी लबहादुर पुनले विसं २०७२ देखि गर्दै आएको झोलुङ्गे पुलको माग पूरा भएकामा खुसी व्यक्त गर्नुभयो । 

“हाम्रो सानो बस्तीमा प्रदेशका जनप्रतिनिधिको नजर परेपछि बल्ल झोलुङ्गे पुल निर्माण भयो”, उहाँले भन्नुभयो, “दरबाङ–दिच्याम सडकबाट खस्ने पहिरोले सडक र पैदलमार्ग बन्द गराउँदा प्राकृतिक नाकाबन्दीमा बस्नुपर्ने साँवतावासीको समस्या पुल बनेपछि हटेको छ ।” स्थानीयवासी राजु परियारले बालबच्चा विद्यालय जान, आउन, बिरामीलाई स्वास्थ्य संस्था लैजान, विवाह, मलामी जान पुलले सहज बनाएको बताउनुभयो । दरबाङ बजारमा किनमेलका लागि जान आउन पनि सहज भएको उहाँको भनाइ छ ।

साँवताबाट दरबाङ बजार हुँदै घुमाउरो बाटो हिँडेर खोलापारी रहेको थापाचौर पुग्न २० देखि २५ मिनेट लाग्ने गरेकामा यात्रा अवधी तीन मिनेटमा छोटिएको परियारले बताउनुभयो । यो पुलबाट मालिका गाउँपालिका–६ दरबाङ, वडा नं ५ थापाचौर–७ बिम र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । 

पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र ठेकेदार कम्पनी सोमरस निर्माण सेवासँग गत असारमा रु ३९ लाखमा २०८२ असार ३ गते ठेक्का सम्झौता भएको थियो । विसं २०८३ असारसम्म ठेक्काको म्याद भए पनि लक्ष्यभन्दा छ महिनाअघि सम्पन्न भएको कार्यालयले जनाएको छ । आज पुलको स्थलगत अनुगमनमा पुग्नुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीसँग स्थानीयले एक दशकदेखिको सपना पूरा भएको बताउँदै सुरु गरेको कम समयमा ै पुल सम्पन्न भएकामा खुसी व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार