मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

हङकङमा कार्यरत युवाले किनिदिए गाउँमा एम्बुलेन्स, निःशुल्क सेवा

Ujyalosandeshonline 12334+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

मोरङ । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाहरूले गाउँमा एम्बुलेन्सको समेत समस्या रहेको भन्दै एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेका छन् । एम्बुलेन्सले गाउँका विपन्न परिवारका लागि निःशुल्क सेवा दिइरहेको छ । 

रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ जना युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५ लाख ५० रुपैयाँ उपलब्ध गराएपछि वडा नं ९ का विपन्न परिवारका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।

उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ मा रहेको दुर्गापुरी उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ । वडा अध्यक्ष नरवहादुर मोक्तानका अनुसार कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र तिरण गरेर निःशुल्क र अन्य सर्वसाधारणलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको छ ।

उनका अनुसार विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने छ । एम्बुलेन्स खरिदकालागि हङकङमा रहेका याम सेम्बु एक्लैले ५ लाख ३० हजार उपलब्ध गराएका र उनी सहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा उक्त रकम संकलन भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार