मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

प्रधानमन्त्री कार्कीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी

रासस 657+ समाचार ( )
३० माघ २०८२, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज सोलुखुम्बुलगायत जिल्लाको भ्रमण गरी निर्वाचन तयारी र वस्तुस्थितिबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको नाम्चे र सल्लेरीमा स्थानीय बासिन्दा तथा सरकारी निकायका अधिकारीसँग छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सल्लेरीमा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, प्रमुख सेनानी विजय प्रकाश आङ्देम्बे, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा छलफल भएको थियो । सल्लेरीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पोखरेल र प्रमुख जिल्ला अधिकारी केसीले निर्वाचन तयारीबारे जानकारी गराउनुभएको थियो ।  

प्रमुख जिल्ला अधिकारी केसीले शान्ति सुरक्षाका दृष्टिले कुनै समस्या नरहेको, यहाँको जनजीवन शान्त रहेको र हालसम्म मौसमी प्रतिकूलतासमेत नदेखिएको जानकारी गराउनुभएको थियो । विगत केही वर्षयताको मौसमी विवरण हेर्दा फागुनमा हिमपातका घटना कमै भएको उल्लेख गर्दै उहाँले हिमपात भइहाले उच्च हिमाली क्षेत्रका केही स्थानमा वैकल्पिक व्यवस्था गर्नुपर्ने हुनसक्ने बताउनुभयो । 

प्रधानमन्त्री कार्कीले हालसम्मको प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी निर्वाचन शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । “यो निर्वाचन सामान्य अवस्था र नियमित प्रकृतिको होइन । हामी विशेष अवस्थामा चुनाव गर्दैछौँ । त्यसैले यसलाई विशेष तयारीका साथ सम्पन्न गर्नुपर्छ । सकेसम्म धेरै मतदाता सहभागी गराउन हाम्रो प्रयास रहनुपर्छ”, उहाँले भन्नुभयो,“स्वतन्त्र र विश्वसनीय वातावरणमा धेरैभन्दा धेरै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ । त्यसका लागि हामीले सकेको सबै प्रयत्न गर्छौं, गर्नुपर्छ । फागुन २१ गते एकैदिनमा देशभर एकसाथ निर्वाचन हुन्छ ।”

प्रधानमन्त्री कार्की नेतृत्वको टोलीले भोजपुरमा पनि निर्वाचन तयारीबारे जानकारी लिएको छ ।  भोजपुरमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश नारायणप्रसाद दाहाल र जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग अन्तक्र्रिया गरिएको थियो । भोजपुरमा पनि सुरक्षासँग सम्बन्धित चुनौती खासै नरहेको जिल्ला सुरक्षा प्रमुखहरूले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्कीसँगै उहाँका प्रेस सल्लाहकार रामबहादुर रावल, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलगायतको टोली भ्रमण टोलीमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार