मुख्य समाचार
बाजुरा पहिरो: २० वर्षीया प्रतीक्षाको शव भेटियो, दुई जनाको जीवितै उद्धार | लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड | कारागार र बाल सुधारगृह व्यवस्थित बनाउन सांसदहरूको सुझाव | थबाङ पहिरो: एमाले लुम्बिनी प्रदेश इन्चार्ज विश्वकर्माद्वारा बेपत्ताको खोजी र राहतको माग | नौमती बाजा जोगाउँदै आमाहरू | राष्ट्रिय भेलामा कांग्रेसका निवर्तमान सभापति देउवा | जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री | चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित | कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध | नुवाकोटको पानसय खोला भेडा विकास फार्म |

विद्यालय र प्रसुति केन्द्र भवन हस्तान्तरणपछि गाउँलेमा खुशीयाली

Ujyalosandeshonline 12042+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

मुगु  । मुगुको सोरु गाँउपालिका—९ तलीकालैमा नवनिर्मित पक्की मष्ठा आधारभूत विद्यालय र प्रसुति केन्द्र भवन हस्तान्तरण गरेसँगै स्थानीय खुसी बनेका छन् । 

ब्याक टु लाईभ ईभी नेपालको आर्थिक सहयोग तथा कर्णाली सामुदायिक विकास केन्द्र (केसिडिसी) को साझेदारीमा निर्माण सम्पन्न भएको चार÷चार कोठे पक्की दुईतले विद्यालय र प्रसुति केन्द्रको भवन बुधबार गाँउपालिकालाई हस्तान्तरण गरिएको हो ।

श्री मष्टा आधारभुत विद्यालय निर्माण सम्पन्न गर्न कूल ६२ लाख ८४ हजार २ सय ७५ रुपैयाँ र सोही गाँउमा निर्मित प्रसुती भवन निर्माणमा ५३ लाख १० हजार ९९ रुपैयाँ लागत लागेको केसिडिसी मुगुका अध्यक्ष संगीता मल्ल शाहीले जानकारी दिइन् । 

उपयुक्त विद्यालय भवन र फर्निचर अभावले खुल्ला चौरमा पठ्नपाठन गर्न बाध्य विद्यार्थी र शिक्षकलाई नयाँ भवन निर्माण सँगै राहत पुगेको छ । उक्त चर कोठे भवन,शौचालय तथा प्रयोग गरिएका फर्निचर सबै अपाङ्गमैत्री छ । 

भवन निर्माणपछि विद्यार्थीलाई खुला चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता हटेकोले ठूलो राहत अनुभूत गरेको मष्टा आधारभुत विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष भानुभक्त चौलागाईले बताए ।

यस्तै, सोरुकै दुई कोठे जिर्ण भवनबाट प्रसुति सेवा प्रवाह गर्दै आएको प्रसुति केन्द्रको नयाँ भवन निर्माणपछि प्रसुति केन्द्रमा पुग्ने गर्भवती महिलालाई पनि सहज हुने भन्दै स्थानीय हर्षित भएका छन् । 

भवन अभावका कारण साँघुरो ठाउँबाट सेवा प्रवाह गर्दै आइरहेको केन्द्रबाट नयाँ भवन निर्माण सँगै प्रसुति गराउने  प्रविधिमैत्री औजार र उपकरण समेत उपलब्ध गराएपछि प्रसुति सेवा छिटो छरितो हुने प्रसुती केन्द्रकी ईन्चार्ज कमला रावतले बताइन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार