मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

प्रेमीको हत्या गर्ने महिला पक्राउ

Ujyalosandeshonline 12548+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

जनकपुर । प्रेमीको हत्या गरेको आरोपमा धनुषामा एक महिला पक्राउ परेकी छन् । धनुषाको कमला नगरपालिका–६ सिग्याही मडान निवासी ३३ वर्षिय शहिद अन्सारीको हत्याको आरोपमा धनुषाकै मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षिया अनिताकुमारी यादव पक्राउ परेकी छन् ।

मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको जाहेरीको आधारमा यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ ।

गत पुस ४ गते धुनषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित जनकपुर–धनुषाधाम सडकखण्डमा रहेको खैरा खोलाको पुलमुनि अन्सारीको निधार तथा घाँटी रेटि बोराभित्र बाँधिएको अवस्थामा शव फेला परेको थियो ।

अनुसन्धानमा मृतक अन्सारीसंग अनिताकुमारी यादव साढे दुई वर्ष प्रेम सम्बन्धमा रहेको खुलेको छ । मृतकले अनितालाई कतार रहदा बेलाबेलामा पैसा समेत पठाउने गरेकोसमेत खुल्नआएको धनुषा प्रहरीका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । अनुसन्धानकै क्रममा यादवको श्रीमान राजकिशोर यादवको समेत संलग्नता रहेको खुलेको तिवारीले बताए ।

यादव गत मंसिर १५ गते साउदीबाट घर फर्किएको थियो । अनिताले मृतक अन्सारीलाई उनको श्रीमती विरामी रहेको झुठो खवर दिई कतारबाट नेपाल बोलाएकी थिईन् । अन्सारी मंसिर २६ गते घर फर्किएका थिए । अन्सारीलाई अनिताले मंसिर २७ गते आफ्नो घरमै बोलाएर श्रीमान् श्रीमति मिलेर उनलाई सुत्ने कोठामा बन्धक बनाई बन्चरो प्रहार गरी हत्या गरेका थिए । घटना लगतै अनिताका श्रीमान् राजकिशोर साउदी फर्किएका थिए । राजकिशोरलाई नेपाल फिर्ता ल्याउन आवश्यक कानुनी प्रक्रिया भईरहेको छ जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार