मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

थामी समुदायले दिए देउसी खेलेर सङ्कलन गरेको पैसा विद्यालय सञ्चालनको लागि चन्दा

Ujyalosandeshonline 12548+ समाचार ( )
२३ माघ २०८१, बुधवार

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका सीमान्तकृत अल्पसङ्ख्यक थामी समुदायले तिहारमा देउसी खेलेर उठाएको रकम विद्यालय सञ्चालनको लागि चन्दा दिएका छन् । 

निको थामी सेवा समाज रामेछाप डडुवाले गएको तिहारमा देउसी खेलेर सङ्कलन गरेको रकम विद्यालय सञ्चालनको लागि सहयोग गरेको छ । डडुवाको सल्लेटार, दलेचौर पाखाटोल, नागी, मझुवा लगायतका क्षेत्रमा द्यौसी खेलेर सङ्कलन गरेको रकम विद्यालयमा एक कार्यक्रम आयोजना गरी थामी समुदायले मंगलबार स्थानीय सञ्जीवनी मावि पात्लेलाई हस्तान्तरण गरेका हुन् । 

गएको तिहारमा देउसी खेलेर थामी समुदायले १ लाख ३९ हजार ७ सय ८० रुपैँया सङ्कलन गरेका थिए । सोही रकम वडाका जनप्रतिनिधिहरू समेतको रोहवरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुकुमार लामालाई हस्तान्तरण गरिएको वडा सदस्य समेत रहेका थामी समुदायका अगुवा मङ्गले थामीले जानकारी दिए । 

सञ्जीवनी माविमा सरकारले दरबन्दि अनुसारको शिक्षक व्यवस्था गर्न सकेको छैन । त्यसैले विद्यालयले निजी श्रोतमा शिक्षक राखेर पठन पाठन गरिरहेको छ । विद्यालयसँग निजी श्रोतका शिक्षकलाई तलब खुवाउन रकम अभाव भएपछि देउसी खेलेर सङ्कलन गरेको रकम सहयोग गरेको थामीले बताए ।

दुर्गमको यो थामी बस्ती यस वर्ष बाढी पहिरोको चपेटामा प¥यो । भदौ र असोज महिनामा परेको भीषण वर्षाको कारण गाउँ पहिरो गएर थिलथिलो भयो । धेरैका घर जोखिममा परे । बारीमा लगाएको बाली पहिरोले पु¥यो । गाउँ संकटमा छ । 

उनीहरूले विद्यालयलाई परेको सङ्कटको अगाडि आफूहरूलाई परेको सङ्कट गौण ठाने । त्यसैले देउसी खेलेको पैसा विद्यालयलाई सहयोग गरे ।

‘आफ्नै बालबच्चा पढ्ने विद्यालय, शिक्षकलाई तलब खुवाउने पैसा नभएपछि सहयोग ग¥यौँ, अलि अगाडि नै दिने सोच थियो, बाढी पहिरोले क्षति भएको आफ्नै घर व्यवहार मिलाउन लागेकोले केही ढिलो भयो’, मङ्गलेले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार