मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

अबदेखि पाल्पाबाटै चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र जारी हुने

रासस 700+ समाचार ( )
२३ वैशाख २०८३, बुधवार

तानसेन (पाल्पा) । अबदेखि पाल्पाबाटै हलुका सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ । मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र जारी गर्दै आएको यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले पहिलोपटक हलुका सवारी चारपाङ्ग्रे साधनको सवारी चालक अनुमतिपत्र वितरण सेवा दिन थालेको हो । सो सेवा प्रवाह हुन थालेपछि उक्त कार्यका लागि बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको छ । 

सेवा थप भएसँगै हलुका सवारीसाधन चारपाङ्ग्रे (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, (ई–रिक्सा) र (ट्र्याक्टर)को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख टीकाराम न्यौपानेले जानकारी दिनुभयो । प्रमुख न्यौपानेले भन्नुभयो, “लाइसेन्सका लागि मङ्गलबारदेखि अनलाइन आवेदन फाराम खुला गरेका छौँ, छिट्टै लिखित परीक्षा लिइ ट्रायल (परीक्षण) लिन सुरु गर्नेछौँ ।” 

विसं २०७५ मा स्थापना भएको कार्यालयले ब्लुबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपाङ्ग्रेका लाइसेन्स वितरण सेवा दिँदै आएको छ । यातायात कार्यालयबाट छिटो लाइसेन्स प्राप्त हुन थालेपछि ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्यामा कमी आउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र खड्काले बताउनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार