मुख्य समाचार
स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ | काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा | शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा | बैशाखमा ८ अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्ने | पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य | एक जनाको शव भेटियो, दुई जना अझै वेपत्ता | व्यवसायी भन्छन्- फुटपाथ व्यापार हटाउने नाममा नगर प्रहरीले ज्यादती गर्‍यो | पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ | रूपन्देहीको दानव नदिमा तीन बालक वेपत्ता | गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त |
मुख्य समाचार
स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ | काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा | शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा | बैशाखमा ८ अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्ने | पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य | एक जनाको शव भेटियो, दुई जना अझै वेपत्ता | व्यवसायी भन्छन्- फुटपाथ व्यापार हटाउने नाममा नगर प्रहरीले ज्यादती गर्‍यो | पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ | रूपन्देहीको दानव नदिमा तीन बालक वेपत्ता | गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त |


स्थानियलाई रुदै छोडेर जनप्रतिनिधि घुमघाममा मस्त

राधेश्याम विश्वकर्मा 45+ समाचार ( )
२२ वैशाख २०८१, शनिबार

भैरहवा । रोहिणी गाउँपालिका वडा नम्बर ६ की अनारमाया चमाइनले अहिले सम्म आँशु थाम्नै सकेकी छैनन् । बैशाख ८ गतेको त्रासदी अहिले पनि उनको आँखामा देख्न सकिन्छ । रोहिणी गाउँपालिकामा बैशाख ८ गते लागेको आगोको कारण अनारमाया र उनको परिवारले लगाएको एकसरो कपडा बाहेक सबै जलेको थियो । सोही घटना सुनाउदै रुदै उनले अहिले बुहारी र कलिला नातीनतिना सहित बाहिर सुत्न बाध्य रहेको बताईन । 

“एउटा सिन्का पनि जोगाउन सकिन्, जति रोए कराए गरे पनि आँखै अगाडी सबै समान खरानी भयो ।” उनले भनिन “यस्तो अवश्था भगवानले कसैलाई पनि नदेखाउन”

रोहिणी गाउँपालिकाको वडा नम्बर ५ र ६ का गरि करिब ९ वटा गाउँ सो दिन लागेको आगोको कारण प्रभावित भएका थिए । ४० घर भन्दा बढी जलेका छन् । जसमध्ये २० भन्दा बढीको अब खरानी मात्र बाँकी छ । घर जलेका अवशेषहरु अहिले पनि ताजै छन् । चारै तिर खरानी मात्र देख्न पाईन्छ । कच्ची घरहरुको भएको स्थानमा यहाँ घर पनि थियो भन्ने भएको छ । पक्की घरमा पनि नोक्सान भएका मोटरसाईकल, साईकल, भाँडाकुडा, ओछ्यान यत्रतत्र छरिएको छ । ९ वटै गाउँका पिडितहरु अहिले घरबार विहिन भएका छन् । 

रोहिणी गाउँपालिकाका स्थानियहरु यस्तो सास्ती भोगिरहदा भने पालिकाको अभिभावक अर्थात जनप्रतिनिधिहरु र कर्मचारीहरु सरकारी ढुकुटीबाट घुमघाममा व्यस्त छन् । रोहिणी गाउँपालिकाका अध्यक्ष बिद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ती चमार, वडा अध्यक्षहरु आविद अली पठान, करम हुसेन खाँन, बिर बहादुर क्षेत्री लगायतको जनप्रतिनिधि र कर्मचारी सरकारी गाडी सहित पोखरा, पर्वत, मुस्ताङ्ग लगायतको भ्रमणमा रहेका छन् । 

पदाधिकारी भ्रमणको लागि पालिकाले ४ लाख रुपैया बजेट नै छुट्टयाएको छ । उता आगोलागी पिडितहरुलाई भने राहतको नाममा पालिकाले ३ हजार रुपैया सहित केही खाद्यन्न मात्र राहत बाडेको पिडितहरुले बताएका छन् ।

“यस्तो अवश्थामा गरिबहरुको सहयोग गर्नुपर्ने हो, छानो नभएकाहरुको एकसरो छानो छाईदिनु पर्ने हो ।” स्थानिय दुःखी चमारले भने “यस्तो अवश्थामा हाम्रा अभिभावक यहाँ हुनुपर्ने हो तर उहाँहरु भ्रमणमा हुनुहुन्छ, हामी कसरी उहाँहरुलाई आर्शिवाद दिन सक्छौ?”

दुःखीले भने जस्तै स्थानिय सरकार भनेको जनताको चोटमा मलम लगाउनुपर्ने हो । “आवश्यक परेको समयमा उहाँहरुको लागि उभिनुपर्ने हो । भ्रमणको रकमले केहीको भए पनि छानो छाईदिनु पर्ने हो । ” गाउँपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादवले भने  “तर उहाँहरु आफ्नै मोजमस्तीमा व्यस्त हुनुहुन्छ, जनताको दुःखसंग उहाहरुको सरोकार छैन ।”

पूर्व अध्यक्षको जस्तै भनाई छ स्थानिय समेत रहेका जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष पशुपतिनाथ यादवको । उनले पनि पालिकाले न्यून राहत प्रदान गरि झारो टारेको बताए । यस्तो विपद्को समयमा आफ्नो अभिभावकलाई खोज्दा नपाए पछि पिडितहरु निराश छन् । 

रोहिणी गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मा अहिले वडा नम्बर ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्रीलाई दिईएको छ । आफ्नै वडामा आगो लागेको कारण उनि भ्रमणमा जान मानेनन् । “मैले यस्तो विपद्को बेला घुम्न नजाऔं भनेको हु, तर कसैले मानेन्,” उनले भने “जनताहरु यस्तो दुःखमा भएको बेला घुम्न जान नहुने हो, उहाँहरु जानुभयो त्यो उहाँहरुको सोचाई हो ।”

राहतको पर्खाईमा रहेका आगोलागी पिडितहरुलाई भैरहवाका केही सामाजिक संस्थाहरुले खाद्यन्न लगायतको सामाग्री वितरण गरे पनि उनिहरुलाई बाँसको व्यस्थापन हुन सकेको छैन । अहिले गर्मी महिनामा जेनतेन बसे पनि पिडितहरुलाई वर्षा आगमनको आशंकाले भने सताईरहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार