मुख्य समाचार
तानसेनको मध्यकालीन पहिचान खोजिँदै | हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य |

कञ्चनमा जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन सर्वदलीय सहमति

Ujyalosandeshonline 12349+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

कञ्चन, रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा भूमि सम्बन्धी समस्यालाई प्रभावकारी रूपमा समाधान गर्न बिहीबार एक सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी पूर्जा वितरण प्रक्रियालाई तीव्रता दिन र आउन सक्ने चुनौतीहरूको संयुक्त रूपमा सामना गर्न ऐक्यबद्धता जनाएका छन् ।

गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा बसेको बैठकमा उहाँले वडा नं. ५ का ४४३ परिवारलाई जग्गाधनी पुर्जा वितरणमा भएको प्रगति, चुनौती र समाधानका लागि भएका प्रयासबारे जानकारी गराउनुभयो। उहाँले भूमिहीन दलित र सुकुम्बासीहरूलाई अव्यवस्थित बसोबासीको श्रेणीमा सार्ने कानुनी जटिलता र समाधानका उपायबारे पनि प्रकाश पार्नुभयो। अध्यक्ष ढकालले समाजमा छरिएका भ्रमहरूलाई चिर्न सबै पक्षबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूले भूमिसम्बन्धी अन्यौल हटाउन र राजस्व भुक्तानी प्रक्रियालाई सरलीकृत गर्न अध्यक्ष ढकाललाई सुझाव दिएका थिए। उनीहरूले पालिकाको भूमि सम्बन्धी कुनै पनि समस्या समाधानका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार