मुख्य समाचार
लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खान पक्राउ | चक्रवात ‘अर्नब’को प्रभाव: नेपालमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह | गरुडाको मेयरमा कांग्रेस नेत्री रंगीला देवी जयसवालद्वारा उम्मेदवारी घोषणा | बेनीघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न | दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे | कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल | एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार | सांसद पौड्यालद्वारा मानवसेवा आश्रममा आश्रितहरूसँग दशैंको खुसी साटासाट | अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा | धनुषामा श्रीमान्–श्रीमती मृत फेला |

लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खान पक्राउ

Ujyalosandeshonline 12590+ समाचार ( )
११ कार्तिक २०८३, मङ्गलबार

लुम्बिनी । लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खानसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का ६१ वर्षीय खान र वडा नम्बर ९ का ३३ वर्षीय वाजिउद्दिन मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त भएपछि त्यसको विरोधमा आन्दोलन गर्दै आएका उनीहरूलाई रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । महाअभियानका सहसंयोजक रामविकास चौधरीले भने मध्यरातमा घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको दाबी गर्दै घटनाको भर्त्सना गर्नुभएको छ । महाअभियानले संयोजक खानमाथि गरिएको धरपकडको विरोध गर्दै उहाँलाई निःसर्त रिहा गर्न माग गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार