मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

सन्धिखर्क-७ फज्याङखोलामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

Ujyalosandeshonline 12461+ समाचार ( )
३० फाल्गुन २०८२, शनिबार

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ७, फज्याङखोलामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले एक कार्यक्रमका बीच उक्त भवनको उद्घाटन गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले पूर्वाधार र प्रविधिमैत्री आफ्नै भवनबाट कार्यालय सञ्चालन भएपछि वडावासीले थप छिटो र प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणलगायतका क्षेत्रमा निरन्तर काम गरिरहेको बताउनुभयो।

कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल र पत्रकार महासंघका अध्यक्ष गणेश खनाल लगायतले मन्तव्य राख्दै स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले सेवा प्रवाहलाई सुशासन र प्रशासनमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए। सो अवसरमा वडा कार्यालयका लागि जग्गा दान गर्ने जग्गादाताहरू सीता केसी, वसन्त मल्ल र धनबहादुर केसी तथा तोकिएको समयभन्दा अगावै भवन निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी नारायण आचार्य र अर्जुन खनाललाई सम्मान गरिएको थियो। नयाँ नेपाल निर्माण कम्पनीले ७ करोड ४५ लाख रुपैयाँमा सन्धिखर्कका वडा नं. ५, ६, ७, ८ र १२ का वडा भवनहरू निर्माण गर्ने जिम्मा लिएको थियो।

वडा अध्यक्ष चुराबहादुर केसीको अध्यक्षता, वडा सदस्य मिना ज्ञवालीको स्वागत मन्तव्य र वडा सचिव सिता बिसी पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। उक्त उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, शिक्षाप्रेमी, योजना शाखा प्रमुख डिलबहादुर केसी, सव-इन्जिनियर नारायण पोख्रेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार