मुख्य समाचार
प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन | विद्यार्थीद्वारा नमुना संसद् अभ्यासः सीमा विवाददेखि शिक्षा र स्वास्थ्यका मुद्दामा सरकारको ध्यानाकर्षण | जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’ | मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध | खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु | मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द | सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणमा थप प्रभावकारी हुन एआईजी पोखरेलको निर्देशन | प्रदेशको छुट्टै पहिचान बनाउन डिजाइनदेखि एआईसम्मको तयारी : मन्त्री रत्न खत्री | बुटवलमा भित्रियो एक्साभेटर चेन मर्मत गर्ने अत्याधुनिक मेसिन, नेपालमै पहिलो भएको दाबी | गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा |

किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गरिने

Ujyalosandeshonline 11738+ समाचार ( )
१२ जेठ २०८३, मङ्गलबार

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने भएको छ । मन्त्रालयले धान खेती गर्ने कृषकलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको हो । करिब एक लाख ४५ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाइएको छ । धान खेतीलाई दृष्टिगत गरी युरिया र डिएपी गरी ४० हजार मेट्रिकटन मल छिट्टै आयात गरिने प्रकृया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

किसानलाई मल बिक्री गर्दा डिपोमार्फत वैज्ञानिक आधारमा वितरण गरिने छ । देशभर गत वैशाख ३० गतेसम्म रासायनिक मल करिब एक लाख ४५ हजार मेट्रिकटन मलको मौज्दात रहेको तथा सडक मार्ग भएर चार हजार ५८५ मेट्रिकटन मल आउने क्रममा रहेको जनाइएको छ । कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कर्पोरेशनका विभिन्न डिपोमा मौज्दात रहेको मल आपूर्तिलाई सहज तथा वितरण व्यवस्थालाई प्रभावकारी बनाउन आधिकारिक डिपोहरूबाट मात्र मल खरिद गर्न कृषकलाई आग्रह गरिएको छ ।

सरकारले चालू आर्थिक वर्षमा छ लाख मेट्रिकटन मल ल्याउने लक्ष्य राखेको त्यसका लागि २८ अर्ब ८२ करोड १४ लाख रूपैयाँ विनियोजन गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा हालसम्म रासायनिक मल चार लाख ९१ हजार ३०० मेट्रिकटन टेण्डर गरिएको मन्त्रालयले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको उत्पादन लागत वृद्धि भएकाले मलको मूल्य बढेको छ । सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनअनुसार कारवाही गर्ने जनाएको मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्र मल खरिद गर्न भनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार