मुख्य समाचार
संघीय संसदका दुवै बैठक आह्वान,प्रतिपक्षको अडानले बैठक बस्ने नबस्ने अनिश्चित | अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’ | पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो | उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो | क्रिकेटर लामिछानेको निलम्बन फुकुवा | बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालतको सफाई | भारत र इरानले बनाउने बन्दरगाहबाट सबैलाई फाइदा पुग्ने | नेपालले बलियो आर्थिक संरचना सिर्जना गर्ने नीति लिएको छ : प्रधानमन्त्री | प्रभातफेरी कार्यक्रम गरी बुटवलमा मनाइयो बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सव | संसदको अवरोध खुलाउन प्रधानमन्त्रीसँग सभामुखको आग्रह |

देशमा खेल पर्यटनको ठूलो आधार तयार : प्रधानमन्त्री दाहाल

Ujyalosandeshonline 2577+ समाचार ( )
११ पौष २०८०, बुधवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै उनले खेल पर्यटनको ठूलो आधार तयार गरेको भन्दै क्रिकेटको लागि पूर्वाधार विकास गर्ने दाबी गरे । 

प्रधानमन्त्री दाहालले भने, ‘सुविधा सम्पन्न खेल मैदानबिना नै नेपाली क्रिकेट खेलाडीहरुले विश्वकपको यात्रा तय गरे । विश्वकपको तयारीमा कुनै कसर बाँकी राखिने छैन । यो सफलतासँगै अब देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको छ । त्यसका लागि हामीले पूर्वाधारमा ध्यान केन्द्रित गरेका छौं ।’

कीर्तिपुर रंगशालालाई पीपीपी मोडलमा विस्तार गरिने र मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको दाहालले उल्लेख गरे । उनले चितवनको गौतम बुद्ध क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा तीन तहकै सरकारको समन्वयमा बनाउन सुरु गरिसकेको बताए ।  

देशको गौरव बढाउने युवा क्रिकेट खेलाडी, प्रशिक्षक र व्यवस्थापन टिमलाई सरकारले सम्मान गरेको उल्लेख गर्दै उनले भने,‘सरकारको ध्यान पूर्वाधार निर्माणमै केन्द्रित छ । ग्रासरुटबाटै खेलाडी, खेलकुद र खेल पूर्वाधारको विकास गरी खेल पर्यटनको ठूलो सम्भावना हासिल गर्न सरकारले कुनै कसर छाड्ने छैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार