मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रुपन्देहीमा शान्ति सुरक्षाका लागि प्रभावकारी रणनीति अपनाउने एसपी शाहीको प्रतिबद्धता

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

भैरहवा । रुपन्देहीमा हालै सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीले जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत र भरपर्दो बनाउन प्रभावकारी सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइने बताएका छन् । जिल्ला प्रहरी कार्यालय भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले विगतमा भएका असल अभ्यासलाई निरन्तरता दिँदै नयाँ कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

एसपी शाहीले संगठनभित्रको आन्तरिक शुद्धीकरण र कार्यसम्पादन मूल्याङ्कनलाई प्राथमिकतामा राखेका छन् । जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरूले आचरण विपरीत काम गर्ने परिपाटीलाई निरुत्साहित गर्न हरेक प्रहरीको व्यक्तिगत कामको अभिलेख राखिने उनले बताए । अपराधी पक्राउ, भन्सार छली तथा चोरी निकासी नियन्त्रण, हातहतियार बरामद र सेवाग्राहीसँगको व्यवहारलाई आधार मानेर प्रहरीको मूल्याङ्कन गरिनेछ । यसै अनुरुप राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्ने नीति लिइएको छ, जसका लागि हरेक महिना ‘पुलिस अफ द मन्थ’ कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

जिल्लामा खुला सिमाना, भन्सार चोरी पैठारी, लागुऔषध ओसारपसार, नदीजन्य पदार्थको दोहन, साइबर अपराध र अवैध क्यासिनो सञ्चालन जस्ता सुरक्षा चुनौतीहरू विद्यमान रहेको औंल्याउँदै शाहीले नतिजा देखिने गरी काम गर्ने दाबी गरे । उनले सर्वसाधारणलाई केही महँगो भए पनि स्वदेशी बजारमै सामान खरिद गर्न र अनिवार्य रूपमा बिलविजक लिन आग्रह गरे, जसले राज्यको राजस्वमा योगदान पुग्ने र स्थानीय व्यवसाय फस्टाउने उनको भनाइ छ ।

आगामी निर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा बोल्दै एसपी शाहीले आफूसँग विगतमा कमाण्डरका रूपमा तीनवटा निर्वाचन सम्पन्न गराएको अनुभव रहेको सुनाए । रुपन्देहीको भौगोलिक अवस्था र समुदायको सहयोगका कारण यहाँ शान्तिपूर्ण निर्वाचन गराउन कुनै जटिलता नरहेको उनको भनाइ छ । आवश्यकता अनुसार छिमेकी जिल्लाहरू पश्चिम नवलपरासी र कपिलवस्तुसँग समन्वय र सहकार्य गरेर सुरक्षा योजना बनाइएको उनले स्पष्ट पारे ।

विशेष गरी क्यासिनो सञ्चालन र व्यवस्थापनका सन्दर्भमा उनले यसको जिम्मेवारी प्रहरीको मात्र नभई अन्य सरोकारवाला निकायको पनि भएको बताए । काठमाडौँमा मापदण्ड विपरीतका क्यासिनो कारबाहीमा परेको उदाहरण दिँदै उनले यहाँ पनि त्यस्ता गतिविधि हुन नदिन नियमनकारी निकायलाई झक्झक्याउने र प्रहरीले आफ्नो भूमिका सशक्त रूपमा निर्वाह गर्ने बताए । एसपी शाहीले विगतका कमीकमजोरी कोट्याउनुभन्दा पनि आगामी दिनमा सुधारलाई प्राथमिकता दिने र कानुनको पूर्ण पालना गराउँदै गलत कार्यलाई कुनै पनि हालतमा प्रश्रय नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार