मुख्य समाचार
बन्द अवस्थामा रहेको वायु तथा सौर्य उर्जा प्लान्ट परियोजना | नेपाली काँग्रेस रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित | पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित | भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न | रसुवा बाढीपीडितका लागि राष्ट्रिय वैश्य महासंघ रुपन्देहीद्वारा १ लाख ८१ हजार सहयोग | उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह | रैथाने बाली सङ्कटमा | पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह | मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण | देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन |

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

Ujyalosandeshonline 12389+ समाचार ( )
१८ श्रावण २०८३, सोमबार

गण्डकी। वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय, म्याग्दीले आग्रह गरेको छ । मुस्ताङ तर्फबाट लेदोसहितको बाढी मिसिएर नदीको बहाव बढिरहेको जनाउँदै प्रहरीले नदी किनार तथा जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको हो । 

तटीय क्षेत्रमा आउनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी सतर्क रहन सूचित गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताउनुभयो । “माथिबाट लेदोसहितको बाढी आएको जानकारी प्राप्त भएको छ । कालीगण्डकी नदीको आसपासमा रहनुहुने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो ।

पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक अझै खुलाउन नसकिएको उहाँले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा आज दिउँसो पहिरो जाँदा कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडकखण्डमा यातायात सेवा बन्द छ । वर्षा भइरहेको र निरन्तर पहिरो खसिरहेकाले सडक सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार