मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

राप्रपाको प्रदर्शनीमा सीमित नेताहरू मात्रै सहभागी हुने

Ujyalosandeshonline 12612+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शन शान्तिपूर्ण हुने र सीमित नेताहरू मात्रै सहभागी रहने बताएका छन् । आइतवार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन भन्दै सीमित नेताहरू मात्रै सहभागी हुने बताएका हुन् । 

उनले लेखेका छन्,‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ।’

उनले वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्षी पार्टी रहेको दाबी गर्दै आफूहरू जे गर्ने हो भनेरै गर्ने भएकाले सरकारलाई नडराउन भनेका छन् । उनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ठान्नेहरूले सीमा तोकेर नागरिकलाई सीमित राख्न खोज्नु उचित नभएको तर्क गरेका छन् ।

राप्रपाले आज काठमाडौंका विभिन्न तीन ठाउँबाट ¥याली निकाली मध्याह्न १२ बजे बिजुलीबजारमा जम्मा भएर प्रदर्शन गर्ने जनाएको छ । राप्रपाले आज काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भनेपछि गृहमन्त्रालयले संविधान र कानुनको उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार