मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

भैरहवाका मेयर र युएन महासचिवबीच भेट : विकासका लागि गरे आग्रह

Ujyalosandeshonline 12321+ समाचार ( )
१४ कार्तिक २०८०, मङ्गलबार

भैरहवा  । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खानले संयुक्त राष्ट्र संघका (युएनओ) महासचिव एन्टोनियो गुटेरेसलाई नगरमा स्वागत गरेका छन् ।

शान्तिका अग्रदुत बुद्धजन्मस्थल लुम्बिनी भ्रमणमा आएका गुटेरेस गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरे पश्चात मेयर खान लगायतले उनलाई स्वागत गरेका हुन् ।

सोही क्रममा नगर प्रमुख खानले नगर क्षेत्रमा विकासको विषयमा महासचिव गुटेरेससगँ संक्षिप्त कुराकानी गर्दै योजना संचालनका लागि अनुरोध पत्र दिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

प्रमुख खानले नगरको बेलहिया सीमानाकामा शान्तिका अग्रदुत गौतमबुद्धको सबैभन्दा अग्लो प्रतिमाको निर्माण र त्यसको सकारात्मक पाटो÷पर्यटन प्रवद्र्धनको विषयमा उल्लेखित अनुरोध पत्र महासचिव गुटेरेसलाई दिएको नगर प्रमुख स्वकीय सचिव बरकत बादशाह शेषले बताए ।

‘विश्व शान्तिको मुहान लुम्बिनीमा जन्मिएका भगवान गौतमबुद्ध लक्षित योजना संचालनका लागि महासचिवलाई अनुरोध पत्र दिएका छौँ’ नगर प्रमुख खानले भने, ‘संयुक्त राष्ट्र संघको ध्यानार्कषण भए बुद्धका सन्देशहरुका साथै नगरमा विकासले थप फड्को मार्ने हाम्रो विश्वास छ ।’

उनले थपे– ‘केही नगर्नुभन्दा थोरै भएपनि केही गर्नुपर्छ भन्ने मेरो मान्यता हो, संघका महासचिव नगरमा अवतरण भएको बेला उनलाई स्वागतको साथमा नगरमा विकासको ईट्टा थप्नका लागि अनुरोध गरेको हुँ । संघको ध्यानार्कषण भयो भने त्यसको फाइदा हामी सबै नगरवासीको लागि नै हुने हो ।’

उनले सीमामा सबैभन्दा अग्लो बुद्ध प्रतिमा निर्माणले मानवताको सेवामा शान्ति, करुण र भक्तिको विश्वव्यापी सन्देश दिनुका साथै लुम्बिनी प्रदेश र मुलुकको धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सबै पर्यटकीय स्थलहरुको प्रवद्र्धनमा मद्दत पुग्ने बताए ।

नेपाल भारतको सीमा क्षेत्रको दुवै तर्फ ५०० मिटरसम्म मित्रताको प्रतीकात्मक बगैंँचा योजनाले पनि पर्यटन प्रवद्र्धमा टेवा पुग्ने उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार