मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

माझी समुदायको सक्रियता : नदीबाट बस्ती जोगाउन गाउँ नै उठेर श्रमदान

Ujyalosandeshonline 12614+ समाचार ( )
५ जेठ २०८२, आइतबार

रामेछाप । गएको भदौ र असोज महिनामा तामाकोशी नदीमा आएको बाढीले निक्कै क्षति पु¥यायो । बस्ती नजिकै तामाकोशी नदी पसेर कटान ग¥यो । फेरी त्यस्तै बाढी नदीमा आयो भने बस्ती जोखिममा पर्ने अवस्था सिर्जना भयो । नदीले बस्तीमा नै क्षति पु¥याउने अवस्था सिर्जना भएपछि  मन्थली नगरपालिका–८ गाईखुराका माझी समुदायको बैठक बस्यो । 

बस्ती जोगाउन के गर्ने ? समूहमा लामै छलफल भयो । ग्याभिनवाल लगाउन पाए गाउँ जोगिन्थ्यो भन्ने निष्कर्ष निस्कियो । ‘ग्याभिन वाल लगाउन जाली खोजियो, विपद् व्यवस्थापन समिति रामेछाप मार्फत पाँच लाख रुपैँया आयो । करिब १५ मिटर जाली भर्ने, खेल मैदान सम्याउने र खानेपानीको इनार संरक्षण गर्ने काम गर्दा सो पैसा सकियो । पूरै गाउँ संरक्षण गर्नेगरी तारजाली पाइएन, पुगेन’, स्थानीय बालकृष्ण माझीले भने । 

ल्याएको तारजाली स्थानीयले भरे । तर तारजालीको पर्खाल अपुरो भयो । ‘अब के गर्ने ? बुढापाकाहरूले फुको गाह्रो लगाउने उपाय निकाले, पहिला पहिला पनि चौडा खालका फुको पर्खाल लगाउने चलन थियो । त्यस्ता फुको पर्खालले नदी कटान जोगाउन निक्कै सहयोग गरेका थिए । हाम्रो गाउँमा पनि पुरानो फुको गाह्रो थियो । त्यसैले फुको गाह्रो लगाउने निष्कर्षमा पुगेका हौँ’, बालकृष्णले भने । 

त्यसपछि गाइखुराका माझीहरू घरलौरी श्रमदानमा निस्किए । श्रम गर्नेहरूको लागि घरमा नै स्थानीय मुन (जाँड) तयार भयो । तिहारमा देउसी खेलेर जम्मा गरेको रकमबाट खाजाको बन्दोबस्त गरियो । 

बिहान ५ बजेदेखि नदीका ढुङ्गा नतात्दासम्म श्रमदान गर्न गाउँलेहरू जुटे । के महिला, के पुरुष सबै सराबरी खटे । लगातार एक हप्ता ४० देखि ५० जनासम्मले श्रमदान गरे । श्रमदान गरेरै स्थानीयले लामो सुक्खा पर्खाल लगाएका छन् । सो पर्खालले गाइखुराको ८५ घरधुरीलाई जोगाउने स्थानीयको विश्वास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार