मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

जनप्रतिनिधिको सार्थक पहल: अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले नागरिकता पाउँदा खुसीको आँसु

अनिल नेपाली 141+ समाचार ( )
२६ श्रावण २०८२, आइतबार

सन्धिखर्क । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–१, चिदीका खन्नेबास पाँडेटोल निवासी ७४ वर्षीय मुक्तिराम आचार्यले जीवनमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । लामो समयदेखि पहिचानविहीन अवस्थामा रहेका आचार्यले बिहीबार जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीबाट आफ्नो राष्ट्रिय पहिचान प्राप्त गरेका हुन् ।

नजिकको नातेदार कोही नहुँदा नाता प्रमाणित गर्न नसकेर आचार्य नागरिकताबाट वञ्चित हुँदै आएका थिए । छत्रदेव गाउँपालिका–१ का वडाध्यक्ष काजिबाबु ज्ञावाली, वडासदस्य हरिप्रसाद पाण्डे र कार्यपालिका सदस्य देवकला बिक ताम्राकारको विशेष पहल र सक्रियतापछि उनले नागरिकता पाउने प्रक्रिया अघि बढेको हो ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमबीच आचार्यलाई नागरिकता र परिचयपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईराला, उपप्रमुख लक्ष्मी शर्मा ज्ञावाली र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

नागरिकता पाएपछि खुसी व्यक्त गर्दै आचार्यले यस दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षणको रूपमा वर्णन गरे । उनले नागरिकता प्राप्तिका लागि सहयोग गर्ने सबै जनप्रतिनिधि र सम्बन्धित निकायप्रति आभार प्रकट गरे ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोईरालाले राज्यको सेवाबाट कोही पनि नागरिक वञ्चित हुन नहुने र आचार्यलाई नागरिकता दिलाउन जिल्ला प्रशासन कार्यालयले देखाएको सक्रियता प्रशंसनीय रहेको बताए । उनले यस अभियानमा सुरुदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडासदस्य हरिप्रसाद पाण्डेलाई विशेष धन्यवाद दिए ।

स्थानीय जनप्रतिनिधिहरूको निरन्तरको प्रयास र समन्वयले एकजना ज्येष्ठ नागरिकले ढिलै भए पनि आफ्नो राष्ट्रिय पहिचान प्राप्त गर्न सफल भएका छन्, जसले स्थानीय सरकारको नागरिकप्रतिको दायित्वलाई उजागर गरेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी निकायका पदाधिकारी र गाउँवासीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार