मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

अराजक गतिविधि गर्नेलाई बल प्रयोग गरिने, प्रमाण संकलन सुरु: रुपन्देहीका प्रजिअ

Ujyalosandeshonline 12611+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

भैरहवा । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी  डा. टोकराज पाण्डेले जिल्लाका व्यवसायीहरूलाई ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गर्नुभएको छ । शुक्रवार बिहान भैरहवामा निकालिएको शान्ति सद्भाव र्‍यालीलाई सम्बोधन गर्दै प्रजिअ पाण्डेले मर्यादित र सुरक्षित ढङ्गले व्यवसायलाई अगाडि बढाउन आग्रह गर्नुभएको हो ।

हालैका दिनमा भएका आगजनी, लुटपाट र तोडफोडका घटनाहरूप्रति लक्षित गर्दै प्रजिअ पाण्डेले यस्ता घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले घटनामा संलग्नहरूको भिडियो फुटेज र फोटो संकलन गरिएको र अब क्रमशः उनीहरूमाथि कारबाही गरिने बताउनुभयो ।

प्रजिअ पाण्डेले अब सडकमा आई अराजक गतिविधि निम्त्याउनेलाई बल प्रयोग गरिने चेतावनी समेत दिनुभएको छ । यस्ता व्यक्तिहरूको तत्काल भिडियो लगायतका प्रमाण लिई क्रमशः कारबाही गर्दै लैजाने उहाँले स्पष्ट पार्नुभयो । शान्ति सुरक्षा कायम गर्न र व्यापारिक वातावरणलाई सहज बनाउन प्रशासन कटिबद्ध रहेको सन्देश उहाँले दिनुभएको छ । यस र्‍यालीले जिल्लामा शान्ति र सद्भाव कायम राख्न तथा व्यवसायीहरूलाई निर्धक्क भएर आ–आफ्नो पेशा सञ्चालन गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार