मुख्य समाचार
सशस्त्र प्रहरीको नं. ३४ गणमा मानव अधिकार र सुशासनसम्बन्धी विशेष प्रशिक्षण | नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन: ‘नागरिकको जीउधनको सुरक्षामा कमजोरी नहोस्’ | भैरहवास्थित किराना पसलहरूमा बजार अनुगमन | रौतहटमा स्रोत नखुलेको ४४ लाखभन्दा बढी नगदसहित दुई जना पक्राउ | सीमा क्षेत्रमा तस्करी नियन्त्रणको दाबीबीच अवैध फर्सीको बीउ बरामद, सुरक्षा निकायमाथि प्रश्न | भन्सार छली ल्याइएका साढे ९ लाख बराबरका सामग्री प्रहरी नियन्त्रणमा | भैरहवा भन्सार कार्यालयको उत्साहजनक प्रगति: साउनदेखि असोजसम्म ३३ अर्बभन्दा बढी राजस्व संकलन | भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाल सि.एम.ए. संघको आपत्ति | सरकारको निर्णय: आईजीपीमा डा. मनोज कुमार केसी, कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी | सीमा क्षेत्रको सुरक्षा व्यवस्था कसिलो बनाउन नेपाल र भारतका सुरक्षा अधिकारीबीच सहमति |

सशस्त्र प्रहरीको नं. ३४ गणमा मानव अधिकार र सुशासनसम्बन्धी विशेष प्रशिक्षण

Ujyalosandeshonline 12632+ समाचार ( )
२० कार्तिक २०८३, बिहीबार

धनगढी । सशस्त्र प्रहरी बल नेपाल, नं ३४ गण हेडक्वार्टर धनगढी, कैलालीमा आयोजित तालिममा सुरक्षाकर्मीहरूका लागि मानव अधिकार र सुरक्षा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख सहसचिव प्रकाश दत्त भट्टले सहजीकरण गर्नुभएको सो कार्यक्रममा सुरक्षाकर्मीहरूलाई आधारभूत मानव अधिकारको रक्षा, शान्तिसुव्यवस्था, सुशासन र नागरिक स्वतन्त्रताको संरक्षणसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना, स्थानीय प्रशासन ऐन, मुलुकी अपराध संहिताअन्तर्गतका सार्वजनिक शान्तिका कसूर तथा सशस्त्र प्रहरी नियमावलीमा उल्लेखित मानव अधिकार र लैङ्गिक संवेदनशीलताका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, नेपालको संविधानमा प्रदत्त नागरिकको कर्तव्य, राज्यका सुरक्षा नीतिहरू तथा नागरिक र सुरक्षा निकायबीचको आपसी समन्वय र विश्वासलाई अझ सुदृढ बनाउने विषयमा समेत विशेष जोड दिइएको थियो। उक्त तालिममा ५७ जना सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार