काठमाडौँ। सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक कार्कीलाई सम्माननीय प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरी उक्त जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेको हो। यसैगरी, मन्त्रिपरिषद्को सोही बैठकले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पदोन्नति गरी नियुक्त गर्ने निर्णय समेत गरेको छ।