मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

रुपन्देहीका शैक्षिक परामर्श संस्थाहरूमाथि प्रशासनको कडा निगरानी, कागजात पेस गर्न ७ दिनको समय

Ujyalosandeshonline 12614+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गरिरहेका संस्थाहरूलाई आफ्नो सम्पूर्ण कानुनी कागजात ७ दिनभित्र पेस गर्न निर्देशन दिएको छ । केही संस्थाहरूले कानुनले तोकेको सीमा बाहिर गएर काम गरेको उजुरी परेपछि कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो ।

कार्यालयका अनुसार, केही शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रहरूले आफ्नो क्षेत्राधिकार बाहिर गई भिसा प्रक्रिया, रोजगारीको ग्यारेन्टी, ट्राभल एजेन्सी र सहकारी संस्थाहरूसँगको मिलोमतोमा नक्कली कागजात तयार गर्ने तथा मेनपावर कम्पनीले गर्ने कामसमेत गर्ने गरेको गुनासो आएको थियो । यिनै उजुरी र गुनासोका आधारमा संस्थाहरूको विवरण अद्यावधिक गर्न लागिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘विभिन्न संस्थाहरूबाट प्रशिक्षण र परामर्शको मात्र काम हुनुपर्नेमा कानुनले तोकेको कार्यबाहेक अन्य गैरकानुनी गतिविधिहरू भएको भन्ने गुनासो आएकाले सोको विवरण अद्यावधिक गरी ७ दिनभित्र कार्यालयमा पेस गर्न सूचित गरिन्छ ।’

सूचनामा १० बुँदे सूचीसहित विभिन्न अनुमति पत्र, प्रमाणपत्र, सम्झौता र अन्य आवश्यक कागजात हरू अनिवार्य रूपमा उपलब्ध गराउन भनिएको छ । तोकिएको समयसीमाभित्र कागजात पेस नगर्ने वा मापदण्डविपरीत सञ्चालन भएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने पनि कार्यालय ले चेतावनी दिएको छ । यो कदमले शैक्षिक परामर्शको क्षेत्रमा देखिएका विकृतिहरूलाई नियन्त्रण गर्ने र व्यवसायलाई पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार