मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री

Ujyalosandeshonline 12337+ समाचार ( )
१४ माघ २०८१, सोमबार

रामेछाप । विद्यार्थीहरूले सहयोग सङ्कलन गरेर विद्यार्थीलाई नै शैक्षिक सामाग्री वितरण गरेका छन् । अनेरास्ववियु मन्थली नगर कमिटीले संगठनको दोस्रो अधिवेशन सम्पन्न भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा मन्थली नगरपालिका–१४ फुलासीका दुईवटा आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । 

सो वडाको  श्री भीमेश्वर आधारभूत विद्यालयले र श्री मिल्ती जनज्योति आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमा नै गएर शैक्षिक सामाग्री वितरण गरिएको अनेरास्ववियु मन्थली नगरपालिका कमिटी अध्यक्ष उत्सव केसीले जानकारी दिए । ती विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीहरूलाई कपि, पेन्सिल, सापनर, इरेजर लगायतका शैक्षिक सामाग्री सहयोग गरिएको उनले बताए । 

कार्यक्रममा संगठनकी केन्द्रीय सदस्य आङलामु शेर्पा, जिल्ला अध्यक्ष पुष्कर भट्टराई, वडाका जनप्रतिनिधि, राजनीतिक दल तथा विद्यार्थी संगठनका नेताहरू लगायतको सहभागिता रहेको थियो । विद्यार्थी संगठनले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेर रचनात्मक काम गरेको भन्दै विद्यालयका प्रधानाध्यापकहरुले खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार