मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न मन्त्री पन्तको आग्रह

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ असार २०८२, सोमबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न आग्रह गरेका छन् । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मन्त्रीको हैसियतले सबै कुराहरु मिलाउन समय चाहिएको भन्दै बैठकलाई आज स्थगित गर्न आग्रह गरेका छन् । 

उनले भने, ‘यो बैठकलाई आज स्थगित गरौं किनभने एउटा कुरा प्रष्ट भन्न चाहान्छु संसदीय प्रणालीमा र समितिमा पनि सरकारको तर्फबाट मन्त्रीले यसलाई अहिले रोकौ भनेपछि त्यो विधेयकको रुपमा अगाडि जादैँन् । यसलाई अहिले स्वीकारको पक्षमा नजाउ, तपाईहरुसँग मेरो कुरा मिल्छ तर मन्त्रीको हैसियतले सबै कुराहरु मिलाउन मलाई समय चाहियो । यो समय जटिल छ, यो अवस्थामा सबै कुरा मिलाउन पर्छ संयोजन गरेर जानुपर्छ । त्यसकारण समय चाहियो तर सरकारले मानेन हामी पास गर्छौ भन्नु हुन्छ भने म रोक्दिन तर सरकारले अहिले नगरौं भनेको कुरा अगाडि बढेको मलाई कुरा अझसम्म भएको थाहा छैन् ।’

बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ । केही सांसदहरूले मन्त्रीले विधेयक पारित प्रक्रियामा ‘ढिलाइ गर्न खोजेको’ आरोपसमेत लगाए । तर, अन्ततः समितिका सभापति अम्मरबहादुर थापाले सबै सदस्यको प्रतिक्रिया सुनेपछि बैठक ‘पुनः आह्वान नहुन्जेलसम्म’ स्थगन भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार