मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

नयाँ वर्षको जेठो दिन

Ujyalosandeshonline 12614+ समाचार ( )
१ वैशाख २०८१, शनिबार

काठमाडौं । विक्रम संवत् २०८१ वैशाख १ गते आज नयाँ वर्षको पहिलो दिन। आजबाट सूर्यले मीन राशिको समय पूरा गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् वर्षको जेठो (पहिलो) दिन हो। नेपालभर र बाहिर रहेका सबै नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्षको पहिलो दिन हर्ष,र खुशीसाटासाट गरी मनाइँदैछ।  

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको मानिन्छ । आज नयाँ वर्ष आरम्भको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन खाएर  साँस्कृतिक उत्सव आयोजन गर्दै नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने प्रचलन छ । 

आज बिहानै स्नान गर्ने, धार्मिक आस्थामा विस्वास गर्नेले मन्दिर वा आफ्नो आस्था अनुरुपको धार्मिक स्थलमा गई प्रार्थना गर्ने, घर आँगन सफा गर्ने, मिठो–मिठो परिकार बनाएर परिवारजन, इष्टमित्र वा साथीभाइसँग बसेर खाने, भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ। नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभरी नै सफलता मिल्ने जनविश्वास छ। 

नयाँ वर्षको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे,राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायतले आम नेपालीमा सुख,शान्ति र संमृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।   आजको दिन नयाँ कामको थालनी गर्ने तथा जीवनमा सफलता प्राप्त गर्न नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार