मुख्य समाचार
गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला | बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह | असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान | नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै | नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा | विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल | हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम | बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला | माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत | देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’ भन्ने सन्देश |

नयाँ वर्षको जेठो दिन

Ujyalosandeshonline 12311+ समाचार ( )
१ वैशाख २०८१, शनिबार

काठमाडौं । विक्रम संवत् २०८१ वैशाख १ गते आज नयाँ वर्षको पहिलो दिन। आजबाट सूर्यले मीन राशिको समय पूरा गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् वर्षको जेठो (पहिलो) दिन हो। नेपालभर र बाहिर रहेका सबै नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्षको पहिलो दिन हर्ष,र खुशीसाटासाट गरी मनाइँदैछ।  

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको मानिन्छ । आज नयाँ वर्ष आरम्भको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन खाएर  साँस्कृतिक उत्सव आयोजन गर्दै नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने प्रचलन छ । 

आज बिहानै स्नान गर्ने, धार्मिक आस्थामा विस्वास गर्नेले मन्दिर वा आफ्नो आस्था अनुरुपको धार्मिक स्थलमा गई प्रार्थना गर्ने, घर आँगन सफा गर्ने, मिठो–मिठो परिकार बनाएर परिवारजन, इष्टमित्र वा साथीभाइसँग बसेर खाने, भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ। नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभरी नै सफलता मिल्ने जनविश्वास छ। 

नयाँ वर्षको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे,राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायतले आम नेपालीमा सुख,शान्ति र संमृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।   आजको दिन नयाँ कामको थालनी गर्ने तथा जीवनमा सफलता प्राप्त गर्न नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार