महोत्तरीको बर्दिबासमा बस दुर्घटना, दुईको मृत्यु, २० भन्दा बढी घाइते

Ujyalosandeshonline 11140+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका-खैरमारामा आज बिहान भएको एक दर्दनाक बस दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटनामा परी सर्लाहीको ईश्वरपुरका १२ वर्षीय प्रविण खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी बसका यात्रु थिए। यसअघि, पैदलयात्रु चुल्हाइ चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

ना ६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रुहरू घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार